सोमबार, श्रावण १८,२०८३ 11:53:40
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 11:53:40
Bizshala
Global IME Bank Limited

दोहोरो अंकले बढ्दै २७२७ विन्दुमा पुग्यो नेप्से, कारोबार १० अर्बमाथि

दोहोरो अंकले बढ्दै २७२७ विन्दुमा पुग्यो नेप्से, कारोबार १० अर्बमाथि
New Office

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च(नेप्से)दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १.१० प्रतिशत अर्थात २९.८७ अंकले बढेर २ हजार ७२७.९१ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.३८ प्रतिशतले बढेर ४५९.६९ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०२ वटा स्क्रिप्टको १ करोड ८० लाख ८१ हजार १६८ कित्ता सेयर १० अर्ब ४ करोड ९६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे  बजार जानकार अजयसिंह थापा(जयशम्भु)भन्छन्,  ‘बैंकिङ इन्डेक्सले बजारलाई सपोर्ट गरेकाले करेक्सन फेज लगभग सकिएको छ । बैंकहरुको ऋण लगानी बढ्नु, नयाँ गभर्नर आउने समय नजिकिनु जस्ता विषयले बजारमा सकारात्मक माहोल बनाएको छ ।’

प्राविधिक रुपमा पनि बजारले हायर–लो निश्चित गरेकाले बजार ३ हजार विन्दुसम्म पुग्न सक्ने उनले आँकलन गरे ।  

अर्का बजार जानकार नीमानन्द कंडेलले पनि सरकारको स्थायित्व बढ्दै जानु, नयाँ गभर्नरप्रति लगानीकर्ता आशावादी हुनु र मौद्रिक नीतिको समीक्षा सकारात्मक आउने अपेक्षाका कारण बजारले गति लिएको बताए ।    

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ३ वटा बाहेक अन्य सबैमा हरियाली छायो । आज अन्य समूहमा सर्वाधिक वृद्धि देखियो । यो समूह आज २.४७ प्रतिशतले बढेर २ हजार १४८.०९ विन्दुमा पुग्यो ।  

यस्तै आज बैंकिङ समूह २.१६ प्रतिशत,विकास बैंक ०.३३,होटल २.२९,लगानी ०.२०,जीवन बीमा ०.८९,उत्पादन तथा प्रशोधन ०.७७, लघुवित्त २.४५,म्युचुअल फण्ड ०.५२ र निर्जीवन बीमा समूह १.०७ प्रतिशतले बढ्यो ।  

वित्त समूह आज ०.८४ प्रतिशत, हाईड्रो ०.१५ र व्यापार समूह १.२७ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ३२ करोड ६४ लाख बढीको कारोबार भयो । सिईडिबि होल्डिङग्सको पनि आज २७ करोड ४३ लाख,एनआरएन इन्फ्रास्ट्रक्चरको २६ करोड ४७ लाख,रिलायन्स फाइनान्सको २४ करोड २६ लाख र युनाइटेड इदी मर्दीको १७ करोड ३८ करोड बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ६ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज विन नेपाल लघुवित्त,गुराँस लघुवित्त,कुथेली बुखरी,एक्सेल डेभलपमेन्ट बैंक,गार्डियन माइक्रो लाइफ र दिव्यश्वरी हाईड्रोको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्यमा आज लोअर सर्किट लाग्यो । यस्तै आज सेन्ट्रल फाइनान्सको सेयरमूल्य ४.५७ र ग्रिन डेभलपमेन्ट बैंकको सेयरमूल्य ४.२३ प्रतिशतले घट्यो ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.