आईतवार, असार १५,२०८२ 09:35:48
  • आईतवार, असार १५,२०८२ 09:35:48
Global IME Bank Limited

दोहोरो अंकले बढ्दै २७२७ विन्दुमा पुग्यो नेप्से, कारोबार १० अर्बमाथि

Hyundai Nepal
दोहोरो अंकले बढ्दै २७२७ विन्दुमा पुग्यो नेप्से, कारोबार १० अर्बमाथि
Nabil Bank Limited

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च(नेप्से)दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १.१० प्रतिशत अर्थात २९.८७ अंकले बढेर २ हजार ७२७.९१ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.३८ प्रतिशतले बढेर ४५९.६९ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०२ वटा स्क्रिप्टको १ करोड ८० लाख ८१ हजार १६८ कित्ता सेयर १० अर्ब ४ करोड ९६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

CG Motors
Muktinath Bikas Bank Limited

आजको बजारबारे  बजार जानकार अजयसिंह थापा(जयशम्भु)भन्छन्,  ‘बैंकिङ इन्डेक्सले बजारलाई सपोर्ट गरेकाले करेक्सन फेज लगभग सकिएको छ । बैंकहरुको ऋण लगानी बढ्नु, नयाँ गभर्नर आउने समय नजिकिनु जस्ता विषयले बजारमा सकारात्मक माहोल बनाएको छ ।’

प्राविधिक रुपमा पनि बजारले हायर–लो निश्चित गरेकाले बजार ३ हजार विन्दुसम्म पुग्न सक्ने उनले आँकलन गरे ।  

अर्का बजार जानकार नीमानन्द कंडेलले पनि सरकारको स्थायित्व बढ्दै जानु, नयाँ गभर्नरप्रति लगानीकर्ता आशावादी हुनु र मौद्रिक नीतिको समीक्षा सकारात्मक आउने अपेक्षाका कारण बजारले गति लिएको बताए ।    

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ३ वटा बाहेक अन्य सबैमा हरियाली छायो । आज अन्य समूहमा सर्वाधिक वृद्धि देखियो । यो समूह आज २.४७ प्रतिशतले बढेर २ हजार १४८.०९ विन्दुमा पुग्यो ।  

यस्तै आज बैंकिङ समूह २.१६ प्रतिशत,विकास बैंक ०.३३,होटल २.२९,लगानी ०.२०,जीवन बीमा ०.८९,उत्पादन तथा प्रशोधन ०.७७, लघुवित्त २.४५,म्युचुअल फण्ड ०.५२ र निर्जीवन बीमा समूह १.०७ प्रतिशतले बढ्यो ।  

वित्त समूह आज ०.८४ प्रतिशत, हाईड्रो ०.१५ र व्यापार समूह १.२७ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ३२ करोड ६४ लाख बढीको कारोबार भयो । सिईडिबि होल्डिङग्सको पनि आज २७ करोड ४३ लाख,एनआरएन इन्फ्रास्ट्रक्चरको २६ करोड ४७ लाख,रिलायन्स फाइनान्सको २४ करोड २६ लाख र युनाइटेड इदी मर्दीको १७ करोड ३८ करोड बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ६ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज विन नेपाल लघुवित्त,गुराँस लघुवित्त,कुथेली बुखरी,एक्सेल डेभलपमेन्ट बैंक,गार्डियन माइक्रो लाइफ र दिव्यश्वरी हाईड्रोको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्यमा आज लोअर सर्किट लाग्यो । यस्तै आज सेन्ट्रल फाइनान्सको सेयरमूल्य ४.५७ र ग्रिन डेभलपमेन्ट बैंकको सेयरमूल्य ४.२३ प्रतिशतले घट्यो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.