आईतवार, असार १५,२०८२ 10:23:06
  • आईतवार, असार १५,२०८२ 10:23:06
Global IME Bank Limited

नेप्सेमा ३ %को उछाल, ‘वियरिस ट्रेण्ड सकिनु र बजारमैत्री सरकार आउनु मुख्य आधार’

Hyundai Nepal
नेप्सेमा ३ %को उछाल, ‘वियरिस ट्रेण्ड सकिनु र बजारमैत्री सरकार आउनु मुख्य आधार’
Nabil Bank Limited

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको उछाल आएको छ । आज नेप्से परिसूचक ३.०२ प्रतिशत अर्थात ७५.३३ अंकले बढेर २ हजार ५६३.४३ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २.३१ प्रतिशतले बढेर ४५९.१९ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१७ वटा स्क्रिप्टको ३ करोड ९७ लाख ९० हजार ८८९ कित्ता सेयर १४ अर्ब ११ करोड ६३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आज नेप्से परिसूचकले २९ महिना पछि पुन २५ सयको विन्दु पार गरेको छ ।  

आजको बजारबारे बजार जानकार गोविन्द प्रसाद घिमिरे भन्छन्,‘अहिले बजार मुख्यतया २–३ वटा कारणले चलायमान भएको छ । पहिलो भनेको वियरिस बजारको चक्र पनि अन्त्य हुदै थियो । त्यसैगरी घट्दो ब्याजदर र बढ्दो तरलतासँगै बजारमैत्री नयाँ सत्ता समीकरण हुँदा बजारले गति लिएको हो ।’

दैनिक १० अर्बमाथिको कारोबार हुनुले बजार बुलिस बनेको घिमिरेले बताए । अहिले नयाँ ब्रोकर र नयाँ लगानीकर्ता थपिएका छन् । यस्तै अहिले लाभांशको सिजन समेत सुरु हुन लागेकाले १०–१५ अर्बको कारोबार स्वभाविक भएको घिमिरेको ठम्याइ छ ।  

अर्का बजार जानकार नयन बास्तोला भन्छन्,‘ करिब ३ वर्षदेखिको वियरिस ट्रेण्ड सकिनु र पूँजी बजारमैत्री अर्थमन्त्री र सरकार साथै खुकुलो मौद्रिक नीति ल्याउने गभर्नरको संकेतका कारण बजारमा बढोत्तरी आएको छ । बजारलाई कारोबार र सूचक दुवैले साथ दिनुले करिब–करिब बुल मार्केट सुरु भएको देखिन्छ ।’

CG Motors
Muktinath Bikas Bank Limited

यो दिन नेप्सेमा सूचीकृत मध्ये १३ वटै समूहमा हरियाली छायो । आज व्यापार समूहमा सबैभन्दा धेरै वृद्धि देखियो । यो समूहमा आज ५.०६ प्रतिशतले बढ्यो । आज जीवन बीमा समूह ४.४५ प्रतिशत, बैंकिङ समूह २.३९ प्रतिशत, विकास बैंक २.९६,वित्त २.५३,होटल ३.१४,हाईड्रो ३.९७,लगानी ३.८७, उत्पादन तथा प्रशोधन ३.७७,लघुवित्त १.३९,म्युचुअल फण्ड १.११,निर्जीवन बीमा ४.३७ र अन्य सूचक १.७३ प्रतिशतले बढ्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन शिवम् सिमेन्टको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको २४ करोड ६९ लाख बढीको सेयर कारोबार भयो । अपि पावरको आज २४ करोड २६ लाख,हिमालयन रिको २३ करोड २ लाख,साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको २१ करोड ५६ लाख र ङादी ग्रुप पावरको २० करोड १९ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ९ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज बोटलर्स नेपाल(बालाजु),समृद्धि फाइनान्स,माण्डु हाईड्रो,हाथवे इन्भेष्टमेन्ट,नेपाल वेयरहाउजिङ,साहस उर्जा,ग्लोबल आइएमई ब्यालेन्ड फण्ड,हिमालयन उर्जा विकास कम्पनी र युनिभर्सल पावर कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो ।  

यस्तै आज पिपुल्स पावरको सेयरमूल्य ८.७२ प्रतिशत, मेरो माइक्रोफाइनान्स ८.५९,चन्द्रागिरी हिल्स ८.३० र हिमाल दोलखा हाईड्रोपावरको सेयरमूल्य ७.७६ प्रतिशतले बढ्यो ।  

आज गणपति लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात ५.८३ प्रतिशतले घट्यो ।    

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.