मंगलवार, भाद्र ३०,२०८३ 06:26:45
Bizshala
  • मंगलवार, भाद्र ३०,२०८३ 06:26:45
Bizshala
Global IME Bank Limited

उच्च अंकले घट्यो नेप्से, यस्ता छन् कारण

उच्च अंकले घट्यो नेप्से, यस्ता छन् कारण
New Office

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) उच्च अंकले घटेको छ । आज नेप्से परिसूचक १.८५ प्रतिशत अर्थात ५१.११ अंकले घटेर २ हजार ७०२.६५ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.५९ प्रतिशतले घटेर ४७८.१६ विन्दुमा खुम्चिएको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१० वटा स्क्रिप्टको २ करोड २५ लाख ८८ हजार २४७ कित्ता सेयर १० अर्ब ४६ करोड ८३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

Shivam Cement
Bizshala
CG Motors

आजको बजारबारे नेपाल इन्भेष्टर्स फोरमका निर्वमान अध्यक्ष छोटेलाल रौनियार भन्छन्,  ‘केही राजनीतिक अस्थिरता र दुर्गा प्रसाईँको पक्राउले आज बजारमा गिरावट आएको देखिएको छ । लगानीकर्ता हल्लाको पछि लाग्दा बजार घट्न पुगेको छ ।’

रौनियारका अनुसार राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको ३ महिनाको तथ्यांकमा देशको समग्र आर्थिक अवस्था राम्रो देखिएको छ । ‘केही बैंकहरुले ७.७५ प्रतिशत मै सेयर कर्जा उपलब्ध गराईरहेका छन् । यस कारण लगानीकर्ता हल्ला र अफवाहको पछि लाग्न आवश्यक छैन।’ उनले भने ।  

अर्का बजार जानकार अजयसिंह थापा(जयशम्भु)ले पनि आजको बजारको घटाईको मुख्य कारण दुर्गा प्रसाईंको गिरफ्तारी र सरकारको अन्यौलता भएको बताए । ‘यस कारण लगानीकर्ताले अब मौद्रिक नीतिको समीक्षामा नै लगानीकर्ताको माग सम्बोधन हुने अपेक्षा राखेका छन्,’ थापाले भने ।  

प्राविधिक रुपमा बजार आज २७४२ विन्दुबाट तल खसेर स्टप लस हिट भएको भन्दै थापाले यद्यपी बोलिङ्गरको मध्य ब्याण्डभन्दा माथि रहुन्जेल बजार सकारात्मक नै हुने दाबी गरे । तर यहाँबाट तल खसेमा भने केही समय करेक्सन आउन सक्ने उनले बताए ।    

यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा रातो पोतियो । आज होटल समूहमा सर्वाधिक गिरावट आयो । यो समूह आज ३.१७ प्रतिशतले घट्यो ।  

यस्तै बैंकिङ समूह पनि आज १.११ प्रतिशत, विकास बैंक २.२९, वित्त २.३१,हाईड्रो ३.०७,लगानी २.०८, जीवन बीमा १.९४, उत्पादन तथा प्रशोधन १.४८,लघुवित्त १.५०, म्युचुअल फण्ड ०.१५, निर्जीवन बीमा १.६९, अन्य १.५८ र व्यापार समूह २.२१ प्रतिशतले घट्यो ।  

Muktinath Bikas Bank Limited

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन ङादी ग्रुप पावरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ४६ करोड ६८ लाख बढीको सेयर कारोबार भयो । समृद्धि फाइनान्सको आज २९ करोड ८ लाख,पोखरा फाइनान्सको २४ करोड ९२ लाख,पिपुल्स हाईड्रोपावरको २३ करोड ९४ लाख र सिंगटी हाईड्रोको २३ करोड ७५ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएको एउटा कम्पनीको सेयरमूल्यमा मात्रै सकारात्मक सर्किट लाग्यो । आज आत्मनिर्भर लघुवित्तको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

यस्तै नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य ७.२७ प्रतिशत,गुराँल लघुवित्तको ५.८४ प्रतिशत,युनिक नेपाल लघुवित्तको ५.३७ र पोखरा फाइनान्सको सेयरमूल्य ४.०४ प्रतिशतले बढ्यो ।  

आज ङादी ग्रुपको सेयरमूल्य सर्वाधिक घट्यो । यो कम्पनीको सेयरमूल्य आज ८.९३ प्रतिशतले ओरालो लाग्यो । यो दिन समृद्धि फाइनान्सको सेयरमूल्य ८.५५ प्रतिशत र जानकी फाइनान्सको ८.२० प्रतिशतले घट्यो ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.