आईतवार, श्रावण १८,२०८२ 06:31:06
  • आईतवार, श्रावण १८,२०८२ 06:31:06
Global IME Bank Limited

नेप्सेमा उच्च गिरावट, सबै समूह राताम्य

Hyundai Nepal
नेप्सेमा उच्च गिरावट, सबै समूह राताम्य
Shivam Cement

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा उच्च अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक २.१८ प्रतिशत अर्थात ६३.७३ अंकले घटेर २ हजार ८५८.९० विन्दुमा झरेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २.०७ प्रतिशतले घटेर ४९०.७५ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१९ वटा स्क्रिप्टको ३ करोड २२ लाख ६० हजार ३४१ कित्ता सेयर १३ अर्ब ७ करोड ५० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे प्राविधिक विश्लेषक सुवासचन्द्र ढुङ्गाना भन्छन्,  ‘कारोबारीहरु हाबी हुँदा आज बजार घटेको हो । २९ सय विन्दु आसपासमा बलियो सपोर्ट रहेको थियो । जहाँ बजार टिक्न नसकेपछि आज ठूलो अंकको गिरावट आएको छ ।’

Shivam Cement
Muktinath Bikas Bank Limited

उनले हिजाआजको घटाईले बुल ट्रेण्ड रिभर्सल भएको भन्न चाहि नमिल्ने बताए । बजार घट्दा कारोबार घट्दै जानु स्वभाविक रहेको र एक दुई दिनमा बजार सम्हालिएर पुनःमाथि लाग्ने समेत उनले दाबी गरे ।  

अर्का बजार जानकार दामोदर गजुरेल बजार घट्नुमा विशेष गरी दुई–तीनवटा कारण रहेको बताउछन् । नाफा बुक, करेक्सन र ब्रोकरहरुले कोल्याट्रल टाइट गरेका कारण कारोबारीहरुले सेयर बिक्री गर्दा बजारमा गिरावट आएको उनको बुझाई छ ।  

‘प्राविधिक रुपमा पनि बोलिङ्गरको मध्य ब्याण्डमा आज सपोर्ट लिएको छ । तर म्याक्डिमा भने बियरिस क्रसओृभर देखिन्छ । यसकारण भोलिको कारोबार निर्णायक हुनेछ,’ उनले भने ।      

यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा गिरावट आयो । आज अन्य समूह सर्वाधिक अर्थात ३.९० प्रतिशतले घट्यो ।  

यस्तै बैंकिङ समूह २.२४ प्रतिशत, विकास बैंक १.८३, फाइनान्स १.५२, होटल १.०६, हाईड्रो १.०६, लगानी २.१७,जीवन बीमा २.१२, उत्पादन तथा प्रशोधन २.४७, लघुवित्त ३.०२, म्युचुअल फण्ड १.०७, निर्जीवन बीमा १.८५ र व्यापार समूह १.४१ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज ७५ करोड ३९ लाख बढीको सेयर कारोबार भयो । यो दिन हिमालयन रि इन्स्योरेन्सको पनि ७१ करोड ५५ लाख, हिमालयन डिस्टिलरीको ५८ करोड ८२ लाख, शिवम् सिमेन्टको ५५ करोड २ लाख र ङादी ग्रुप पावरको ४२ करोड ५५ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका २ वटा कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो । आज ट्रेड टावर र शिवश्री हाईड्रोको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो ।  

थ्रिस्टार हाईड्रोको सेयरमूल्य आज ४.५५ प्रतिशत, नारायणी डेभलपमेन्ट बैंकको ३.८६ र लुम्बिनी विकास बैंकको सेयरमूल्य २.५० प्रतिशतले बढ्यो ।  

नेप्सेमा कारोबार भएका दुईवटा कम्पनीको सेयरमूल्यमा आज लोवर सर्किट लाग्यो । आज सानभी इनर्जी र समता घरेलु लघुवित्तको सेयरमूल्यमा ओवर सर्किट लाग्यो ।  

यस्तै आज ग्रीन भेन्चर्सको सेयरमूल्य पनि आज ५.७७ प्रतिशत, सिक्लेस हाईड्रोको ५.५८ र उन्नती सहकार्य लघुवित्तको सेयरमूल्य ५.५२ प्रतिशतले घट्यो ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.