बिहीबार, बैशाख ३१,२०८३ 07:13:58
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 07:13:58
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

६ वटा बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, हिमालयन रि इन्स्योरेन्सका सेयरधनीले सर्वाधिक गुमाए

Laxmi Sunrise Bank Limited
६ वटा बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, हिमालयन रि इन्स्योरेन्सका सेयरधनीले सर्वाधिक गुमाए
Shivam Cement

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ४३.०५ अंकले बढेर ३०००.८१ को विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३३४ कम्पनीको ६ करोड ८९ लाख ८० हजार ३४६ कित्ता सेयर किनबेच हुँदा २९ अर्ब ९५ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेको १३ उपसूचकमध्ये ८ वटा समूहमा हरियाली छाएको छ भने बाँकी ५ वटा समूह राताम्य भएका छन् ।

बीमा समूहका दुई उपसूचकमध्ये आज निर्जीवन बीमा समूह ०.९४ प्रतिशतले बढेको छ भने जीवन बीमा समूह ०.७३ प्रतिशतले घटेको छ । आज ६ वटा कम्पनीको मात्रै सेयरमूल्य बढेको छ । सर्वाधिक सेयरभाउ बढ्ने कम्पनीमा राष्ट्रिय बीमा कम्पनी रहेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर १८ हजार ५९० रुपैयाँ पुगेको छ । त्यस्तै, एनएलजी इन्स्योरेन्सको ४.९३ प्रतिशत, एलआइसी नेपालको २.८३ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.९५ प्रतिशत, सिटिजन लाइफको ०.८६ र नेपाल इन्स्योरेन्सको ०.३७ प्रतिशतले सेयरभाउ बढेको छ । 

Bizshala
New Office
CG Motors

आज सर्वाधिक सेयरभाउ घट्ने बीमा कम्पनीमा भने हिमालयन रि इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ३.३४ प्रतिशतले सेयरभाउ घटेर ९८५ रुपैयाँ कायम भएको छ । त्यस्तै, सिद्धार्थ प्रिमियरको २.८१ प्रतिशत, सलिकोको २.६४ प्रतिशत, शिखर इन्स्योरेन्सको २.३५ प्रतिशत, सानिमा जिआइसीको २.२९ प्रतिशत, सन नेपाल लाइफको २.०४ प्रतिशत, सुर्यज्योति लाइफको १.९७ प्रतिशत, नेपाल लाइफको १.९४ प्रतिशत, युनाइटेड अजोडको १.६९ प्रतिशत, रिलायबल नेपाल लाइफको १.६८ प्रतिशत, सानिमा रिलायन्स लाइफको १.५४ प्रतिशत, नेशनल लाइफको १.२२ प्रतिशत र एशियन लाइफको ०.८८ प्रतिशतले सेयरभाउ घटेको छ । 

त्यस्तै, हिमालयन लाइफको ०.८६ प्रतिशत, आइएमई लाइफको ०.७४ प्रतिशत, नेको इन्स्योरेन्सको ०.५७ प्रतिशत, हिमालयन एभरेष्टको ०.५१ प्रतिशत, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ०.२८ प्रतिशत र प्रभु महालक्ष्मी लाइफको ०.१५ प्रतिशतले सेयरभाउ घटेको छ । आज सर्वाधिक हिमालयन रि इन्स्योरेन्सको ९१ करोड ३३ लाख रुपैयाँमाथिको काराबोर भएको छ ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.