आईतवार, कार्तिक १,२०८३ 03:47:44
  • आईतवार, कार्तिक १,२०८३ 03:47:44
Global IME Bank Limited

अन्तिम दिन बढेर बन्द भयो सेयरबजार, कारोबार रकममा सुधार

Bizshala
अन्तिम दिन बढेर बन्द भयो सेयरबजार, कारोबार रकममा सुधार
New Office

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजार दोहोरो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.५९ प्रतिशत अर्थात १६.३८ अंकले बढेर २ हजार ७५८.४९ विन्दुमा पुगेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५१ प्रतिशतले बढेर ४७१.८९ विन्दुमा पुगेको छ।

आज नेप्सेमा सूचीकृत ३३६ वटा स्क्रिप्टका १ करोड ८ लाख ८८ हजार ७३९ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब ४९ करोड ८५ लाख बढीको सेयर कारोबार भएको छ । अघिल्लो दिन भने ३ अर्ब ८९ करोड ८४ लाख बढीको सेयर कारोबार भएको थियो ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

कुन समूहमा भयो कतिको थपघट ?

आज कारोबारमा आएका १३ वटै समूहमध्ये एउटा बाहेक अन्य सबै समूहमा हरियाली छायो । आज हाईड्रो समूह सर्वाधिक अर्थात १.२९ प्रतिशतले बढ्यो । यस्तै बैंकिङ समूह ०.६१ प्रतिशत, विकास बैंक ०.३९, फाइनान्स ०.२८, होटल ०.७५, लगानी ०.४३, जीवन बीमा ०.३४, उत्पादन तथा प्रशोधन ०.९५, लघुवित्त ०.१९, म्युचुअल फण्ड ०.०९, निर्जीवन बीमा ०.२८ र अन्य समूह ०.२७ प्रतिशतले बढ्यो ।

आज व्यापार समूह मात्रै घट्यो । यो समूह ०.४२ प्रतिशतले घट्यो ।  

सर्वाधिक कारोबार हुने कम्पनी

आज आँखुखोला जलविद्युतको सर्वाधिक अर्थात ४३ करोड ९५ लाख बढीको सेयर कारोबार भयो । यस्तै रिडी पावरको २४ करोड ५४ लाख, नेशनल हाईड्रोपावरको १६ करोड १६ लाख, अपि पावरको १६ करोड १ लाख र बुङ्गल हाईड्रोको १० करोड ४६ लाख बढीको सेयर कारोबार भयो ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

सर्वाधिक कमाउने र गुमाउने कम्पनी

आज कारोबारमा आएका कम्पनीहरुमध्ये एउटा मात्रै कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज क्रेष्ट माइक्रो लाइफको सेयरमूल्य १४.८१ प्रतिशतले बढ्दै अपर सर्किट लाग्यो । यस्तै आज माबिलुङ इनर्जीको सेयरमूल्य ९.३५ प्रतिशत, बुङ्गल हाईड्रोको ७.२४, आँखुखोला जलविद्युतको ७.२० र सुपरखुदी हाईड्रोको सेयरमूल्य ६.७४ प्रतिशतले बढ्यो ।  

यो दिन एनआईसी एशिया ब्यालेन्स्ड फण्डको मूल्य सर्वाधिक अर्थात २.५९ प्रतिशतले घट्यो । 

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.