शुक्रबार, जेष्ठ १,२०८३ 12:05:17
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 12:05:17
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

आइक्यानका चार्टर्ड एकाउन्टेन्ट सदस्यहरुले स्नातकोत्तर उपाधि हासिल गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

Laxmi Sunrise Bank Limited
आइक्यानका चार्टर्ड एकाउन्टेन्ट सदस्यहरुले स्नातकोत्तर उपाधि हासिल गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
Shivam Cement

काठमाण्डौ । नेपालको लेखा व्यवसाय क्षेत्रको नियमनकारी निकाय तथा चार्टर्ड एकाउन्टेन्सी शिक्षा प्रदायक नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) र भारतको प्रतिष्ठित मणिपाल विश्वविद्यालय जयपुर (एमयूजे) बीच द्विपक्षीय समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ । लेखा, लेखापरीक्षण, वित्त कर तथा यससँग सम्बद्ध विषयहरूको शिक्षण, सिकाइ, अध्ययन तथा अनुसन्धान, पेसागत विकास, स्रोतसाधनको आदानप्रदान तथा संस्थागत सञ्जाल विस्तारमार्फत शैक्षिक तथा व्यावसायिक उत्कृष्टता अभिवृद्धि गर्ने दुवै संस्थाको साझा उद्देश्य हासिल गर्न आपसी सहकार्य तथा सहयोग आदानप्रदान गर्नको लागि यो समझदारी गरिएको हो ।

ललितपुर, सातदोबाटोस्थित आइक्यानको प्रधान कार्यालयमा आयोजित समारोहमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका तर्फबाट संस्थाका अध्यक्ष सिए निलबहादुर सारु मगर र मणिपाल विश्वविद्यालय जयपुरका तर्फबाट अध्यक्ष डा. नीति निपुण शर्माले हस्ताक्षर गरे ।

Bizshala
New Office
CG Motors

यो ऐतिहासिक सम्झौताले दुई संस्थाबीच सहकार्यका लागि शैक्षिक पहुँच तथा योग्यताको पारस्परिक मान्यता, संयुक्त अनुसन्धान र शैक्षिक विकास, विशिष्टीकृत शैक्षिक मोड्युलहरू, स्रोत–साधनको पहुँच, प्राध्यापक, विशेषज्ञ तथा विद्यार्थी आदान–प्रदान लगायत प्रयोजनको लागि संयुक्त समन्वय संयन्त्र निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।

समझदारीपत्र हस्ताक्षर कार्यक्रममा बोल्दै आइक्यानका अध्यक्ष नीलबहादुर सारु मगरले यसलाई एउटा उत्कृष्ट पहलको संज्ञा दिँदै भने, ‘आइक्यानले यसलाई उच्च प्राथमिकतामा राखेको छ । यो समझदारी हाम्रा सदस्यहरूले एमयूजेमा एमकम डिग्री हासिल गर्ने र आफ्नो शैक्षिक तथा अनुसन्धान–उन्मुख करिअरलाई थप विकास गर्ने अवसर पाउनेछन् । साथै, हामीले यो सहकार्यलाई कृत्रिम बुद्धिमत्ता, माइक्रो लर्निङ र अन्य उन्नत शैक्षिक नवप्रवर्तन जस्ता भविष्य–केन्द्रित क्षेत्रहरूमा पनि विस्तार गर्ने अपेक्षा राखेका छौं ।’

Garima Development Bank
Shivam Cement
IME remit

उनले मणिपाल विश्वविद्यालय जयपुरसँगको यो सहकार्यले संस्थाका सदस्य र विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरको शैक्षिक तथा प्राविधिक ज्ञान हासिल गर्न र विश्वव्यापी रूपमा प्रतिस्पर्धी बन्न ठूलो मद्दत पुग्ने विश्वास लिएको पनि बताए ।

एमयूजेका अध्यक्ष डा. नीति निपुण शर्माले आइक्यानसँग यो साझेदारीलाई औपचारिकता दिन पाउँदा साँच्चिकै खुसी लागेको बताए । ‘आइक्यानले स्थापित गरेको उच्च शैक्षिक र व्यावसायिक मानकले एमयूजेलाई आइक्यानका पेशाकर्मीहरुको क्षमतालाई मान्यता दिँदै आफ्ना कार्यक्रमहरूमा एक वर्षको छुट दिन सक्षम बनाएको छ । हामी एमयूजेमा आइक्यानका प्रतिनिधिलाई एमयूजेमा गेस्ट लेक्चरको रुपमा सहभागी गराउन र अर्थपूर्ण शैक्षिक आदानप्रदानलाई सहज बनाउन तत्पर छौं । यो त सुरुआत मात्र हो, हामीले यो कार्यक्रमलाई विस्तार गर्ने र प्रभावकारी तरिकाले अगाडि बढाउने परिकल्पना गरेका छौं,’ उनले भने ।  

यो साझेदारीले आइक्यानका सदस्यहरू र एमयूजेका विद्यार्थी तथा संकाय दुवैलाई प्रत्यक्ष लाभ तथा ज्ञान आदानप्रदान, शैक्षिक सुदृढीकरण र पारस्परिक मान्यताका अवसरहरूले महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिइएको छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.