काठमाण्डौ । विजय लघुवित्त वित्तीय संस्थालाई नेपाल धितोपत्र बोर्डले एफपीओ निष्काशन गर्न अनुमति प्रदान गरेको छ ।
बोर्डले मङ्सिर १४ गते उक्त संस्थालाई अंकित मूल्य १०० रुपैयाँमै एफपीओ निष्कासनको अनुमति दिएको हो ।
संस्थाले अब ४ करोड ६६ लाख ८१ हजार ७ सय रुपैयाँ बराबरको ४ लाख ६६ हजार ८ सय १७ कित्ता सेयर निष्काशन गर्नेछ । सेयर निष्काशनको लागि एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।