शुक्रबार, असार १३,२०८२ 04:47:57
  • शुक्रबार, असार १३,२०८२ 04:47:58
Global IME Bank Limited

एनआरएन इन्फ्रास्ट्रक्चरद्वारा लाभांश घोषणा, शतप्रतिशत हकप्रदको अजेण्डासहित एजीएम पनि आह्वान

Hyundai Nepal
एनआरएन इन्फ्रास्ट्रक्चरद्वारा लाभांश घोषणा, शतप्रतिशत हकप्रदको अजेण्डासहित एजीएम पनि आह्वान
Nabil Bank Limited

काठमाण्डौ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर ११ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश प्रस्ताव गरेको हो ।  

बैठकले गत आवसम्मको सञ्चित मुनाफाबाट चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र सो मा लाग्ने कर प्रयोजनका लागि ०.२३६२ प्रतिशत नगद लाभांश गरी कुल ५.२३६२ प्रतिशत लाभांश घोषणा गरेको छ । यस्तै बैठकले बोनस सेयर वितरणपश्चात शतप्रतिशत अनुपातमा हकप्रद सेयर जारी निर्णय समेत गरेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

कम्पनीले लाभांश र हकप्रद निष्कासनको प्रस्ताव पारित गर्न साधारण सभाको मिति समेत तय गरेको छ । कम्पनीले आगामी पुस १२ गते काठमाण्डौमा रहेको आम्रपाली ब्याङक्वेटमा बिहान ९ बजेदेखि सभा आयोजना गर्ने निर्णय समेत गरेको छ ।  

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मंसिर २१ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ मंसिर २० गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.