एनआरएन इन्फ्रास्ट्रक्चरले हिमालयन पावर पार्टनरका साढे ८ लाख कित्ता सेयर बिक्री गर्ने
काठमाण्डौ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले आफ्ना स्वामित्वमा रहेका हिमालयन पावर पार्टनर लिमिटेडका ८ लाख ५६ हजार ९६० कित्ता साधारण सेयर दोस्रो बजारमार्फत बिक्री गर्ने निर्णय गरेको छ।

