काठमाण्डौ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको आम्दानीसँगै नाफा पनि बढेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ५ करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
यो रकम अघिल्लो आवको तुलनामा २२८.५५ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीको खुद नाफा १ करोड ६३ लाख रुपैयाँ थियो । समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी २०९.९४ प्रतिशतले बढ्दै ८ करोड १ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीको कुल खर्च ९८ लाख ६७ हजार रुपैयाँ रहेको छ । जुन अघिल्लो आवमा ५४ लाख ९१ हजार रुपैयाँ थियो । कम्पनीको रिटेन्ड अर्निङ १० करोड ५५ लाख रुपैयाँ रहेको छ ।
यस्तै कम्पनीको कुल चालु सम्पत्ति ३८ करोड १४ लाख र कुल चालु दायित्व १ करोड ४१ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानीमा सुधार आएको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म २.६७ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी बढेर ८.३७ रुपैयाँ पुगेको छ ।
त्यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ १७२.१० रुपैयाँ र मूल्य आम्दानी अनुपात १३५.६५ गुणा कायम भएको छ ।