काठमाण्डौ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले बम्पर लाभांश घोषणा गरेको छ । कम्पनीको कात्तिक २५ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश प्रस्ताव गरेको हो ।
बैठकले गत आवसम्मको सञ्चित मुनाफाबाट चुक्तापूँजीको ४० प्रतिशत बोनस सेयर र सोमा लाग्ने कर प्रयोजनका लागि २.१०५ प्रतिशत नगद लाभांश गरी कुल ४२.१०५ प्रतिशत लाभांश घोषणा गरेको छ । यस्तै १२ औं साधारण सभाबाट अनुमोदन भएकोृ हकप्रद सम्बन्धी निर्णयअनुसार हालसम्म हकप्रद निष्कासन नभएकाले उक्त प्रस्तावलाई परिमाजएन गर्दै १ः१ अनुपातमा हकप्रद जारी गर्ने निर्णय समेत गरेको छ ।
कम्पनीले लाभांश र हकप्रद निष्कासनको प्रस्ताव पारित गर्न साधारण सभाको मिति समेत तय गरेको छ । कम्पनीले आगामी पुस ४ गते काठमाण्डौमा रहेको आम्रपाली ब्याङक्वेटमा बिहान ९ बजेदेखि सभा आयोजना गर्ने निर्णय समेत गरेको छ ।

