काठमाण्डौ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको सञ्चालकमा ६ जना सञ्चालक निर्वाचित भएका छन् । कम्पनीको गत पुस १२ गते सम्पन्न १२ औं साधारण सभाबाट १ जना महिला र ६ जना सञ्चालक निर्वाचित भएका हुन् ।
निर्वाचित हुने ६ जना सञ्चालकहरुमा विश्वराज नेपाल, सिताराम थपलिया, राजिव प्रसाद प्याकुरेल, दिनुका पोखेल, तिलक कोइराला र विमल कुमार भट्टराई रहेका छन् ।