काठमाण्डौ। एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले सेयर रजिष्ट्रारको रुपमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङलाई नियुक्त गरेको छ । कम्पनीले साउन २४ गतेका दिनदेखि लागू हुनेगरी सेयर रजिष्ट्रार नियुक्त गरेको हो ।
सेयर रजिष्ट्रारमा नियुक्तभएसँगै अब कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, ,धितोबन्धक,डि–म्याट लगायतका सेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य लगायत सेयर रजिष्ट्रार अन्तर्गतका सम्पूर्ण कार्यहरु नेपाल एसबिआई मर्चेण्ट बैंकिङले गर्नेछ ।