काठमाण्डौ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले आफ्ना सेयरसम्बन्धी सम्पूर्ण अभिलेख तथा सेवा व्यवस्थापनका लागि प्रभु क्यापिटल लिमिटेडलाई कम्पनीको नयाँ सेयर रजिस्ट्रार नियुक्त गरेको छ।
कम्पनीको सञ्चालक समितिको निर्णयबमोजिम सेयर अभौतिकीकरण, सेयरधनी अभिलेख व्यवस्थापन, नामसारी, प्रमाणपत्र वितरण तथा सेयरसम्बन्धी अन्य प्रशासनिक कार्य अब प्रभु क्यापिटलमार्फत सञ्चालन हुनेछन्।
कम्पनीले क्यापिललाई वैशाख २५ गतेदेखि लागू हुनेगरी सेयर रजिष्ट्रार नियुक्त गरेको हो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।