काठमाण्डौ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड झण्डै ५३ लाख रुपैयाँ घाटामा देखिएको छ । चालु आवको दोस्रो त्रैमाससम्म कम्पनीले ५२ लाख ९३ हजार रुपैयाँ घाटा ब्यहोरेको छ ।
गत आवको सोही अवधिसम्म भने कम्पनीले ५ करोड ३७ लाख ३१ हजार रुपैयाँ नाफा कमाएको थियो ।
सो अवधिसम्म कम्पनीको आम्दानीमा उच्च गिरावट आउँदा नाफा प्रभावित बन्न पुगेको हो । गत आवको दोस्रो त्रैमाससम्म ८ करोड एक लाख रुपैयाँ आम्दानी गरेको यो कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म जम्मा १ करोड १७ लाख रुपैयाँ मात्रै आम्दानी गरेको छ ।
त्यस्तै, सो अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ०.५९ रुपैयाँ ऋणात्मक रहेको छ । गत आवको सोही अवधिसम्म कम्पनीको इपीएस ८.३७ रुपैयाँ थियो ।
कम्पनीको प्रतिसेयर नेटवर्थ भने सामान्य बढेर १७४.४९ रुपैयाँ पुगेको छ भने पीई रेसियो २३४७.९५ गुणा ऋणात्मक अवस्थामा छ ।

