सगरमाथा लुम्बिनी इन्स्योरेन्सको नाफा ४३.२९% ले घट्यो, इपीएस जम्मा २.८५ रुपैयाँ
काठमाण्डौ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले पौने ४ करोड रुपैयाँ नाफा कमाएको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म ३ करोड ७३ लाख ४४ हजार रुपैयाँ नाफा कमाएको हो । गत आवको सोही अवधिसम्म भने कम्पनीले ६ करोड ५८ लाख ५३ हजार रुपैयाँ नाफा कमाएको थियो । यसर्थ गत कम्पनीको नाफा गत आवको तुलनामा ४३.२९ प्रतिशतल घटेको छ ।

