शुक्रबार, असार १३,२०८२ 08:20:40
  • शुक्रबार, असार १३,२०८२ 08:20:40
Global IME Bank Limited

ब्रोकर भन्छन,‘बजारमा इन्भेष्टर नै छैनन्’, लगानीकर्ता भन्छन्,‘अर्थमन्त्रीले झुक्काए’

Hyundai Nepal
ब्रोकर भन्छन,‘बजारमा इन्भेष्टर नै छैनन्’, लगानीकर्ता भन्छन्,‘अर्थमन्त्रीले झुक्काए’
Nabil Bank Limited

काठमाण्डौ । सेयर बजार लगानीकर्ताको सेन्टिमेन्टमा चल्ने गर्छ । पछिल्लो समय सेयर बजारमा आईरहेको निरन्तरको गिरावटका कारण लगानीकर्ताको मनोबल खस्किएको छ । माग र आपूर्तिको सन्तुलन मिल्न नसक्दा बजारले गति लिन सकेको छैन । बैंक तथा वित्तिय संस्थाको तेस्रो त्रैमासिक प्रतिवेदन पनि लगानीकर्ताले अपेक्षा गरे जस्तो आएको छैन ।  

आईपीओ पनि धमाधम निष्कासन हुँदा बजारमा सेयरको आपूर्ति बढ्न थाल्यो । तर त्यो अनुसारको बजारमा माग बढ्न भने सकेन । यी र यस्तै कारणले बजार दैनिक खस्केको छ । दैनिक बजार घटेपछि हामीले केही ब्रोकर हाउस पुगेर ब्रोकर र लगानीकर्ताहरुको विचार बुझ्ने प्रयास गरेको छौं । नाम उल्लेख नगर्ने सर्तमा केही ब्रोकरहरुले बजारमा अहिले अत्यधिक रुपमा कारोबारी हाबी भएको बताएका छन् ।

 ‘त्यो उनीहरुको बाध्यता हुन सक्छ । धेरै लगानीकर्ताहरुले अहिले खातामा सेयर आए पछि बेचि हाल्छन् । बजारमा अहिले सेयर किनेर लगानी गर्नेको संख्य निकै कम छ । बजारमा ठूला लगानीकर्ताहरु पनि सेयर किनेर बसेको अवस्था छ ।’ एक ब्रोकरले भने,‘उनीहरु पनि हायल कायल भईसके । सेयर कर्जामा सेयर किनेका हुन्छन् । कर्जाको ब्याज तिर्नु पर्ने अवस्था पनि हुन्छ । अब असार मासान्तको प्रभावको विषय पनि छ । वाणिज्य बैंकको सेयर पनि दैनिक खसेको छ । यसले लगानीकर्ता निकै निरुत्साहित भएका छन् । ’  

CG Motors
Muktinath Bikas Bank Limited

यस्तै प्रिमियर सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ३२)मा भेटिएका लगानीकर्ता भन्छन्‘हामीलाई अरुले त झुक्काउथे झुक्काउथे, अहिले स्वंय सरकारले नै झुक्कायो । अर्थमन्त्री वर्षमान पुनले आफू आउने वित्तिकै बजारमा ढुक्कले लगानी गर्न भने । तर अहिले सरकारले वेवास्था गर्यो । हामी निकै अप्ठ्यारो अवस्थामा  पर्यौं । सरकारले धितोपत्र बोर्डमा अध्यक्ष चयन गर्न पनि सकेन । पूँजीबजार सुधारका केही काम पनि हुन सकेका छैनन् ।’

‘अब बजेटबाट केही होलाकी भन्ने अपेक्षा छ । तर भरोसा गरि हाल्ने अवस्था भने छैन । अर्थमन्त्रीले हामीलाई मात्रै झुक्काएनन् । हाम्रा साथीहरुलाई मन्त्रालयमा भेट्न २० मिनेट समय पनि निकाल्न सकेनन् । यस्तो अवस्थाले बजारमा कसरी लगानी गर्ने ? हाम्रो लगानीको सुरक्षा भएन ।’ ब्रोकर हाउसहरुमा भेटिएका एक लगानीकर्ताले गुनासो गरे ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.