गभर्नर नियुक्तिमा ठूलो आर्थिक चलखेल हुँदैछः पूर्वअर्थमन्त्री पुन
काठमाण्डौ । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले नेपाल राष्ट्रबैंकको गभर्नर नियुक्तिमा ठूलो आर्थिक चलखेल भइरहेको आरोप लगाएका छन् । पार्टी सम्वद्ध रोल्पा काठमाण्डौ सम्पर्क समन्वय समितिद्वारा शुक्रबार चन्द्रागिरीमा गरेको कार्यक्रममा पुनले सरकार स्वार्थ समूहले अगाडि सारेका व्यक्तिलाई गभर्नर नियुक्ति गर्न अग्रसर रहेको बताए ।...