शनिबार, बैशाख ५,२०८३ 10:28:27
Bizshala
  • शनिबार, बैशाख ५,२०८३ 10:28:27
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

साढे चार महिनादेखि धितोपत्रबोर्ड अध्यक्षबिहीन, किन अघि बढ्न सकेन प्रक्रिया ?

Bizshala
साढे चार महिनादेखि धितोपत्रबोर्ड अध्यक्षबिहीन, किन अघि बढ्न सकेन प्रक्रिया ?
Shivam Cement

काठमाण्डौ । धितोपत्र बोर्डको अध्यक्ष पद रिक्त भएको साढे ४ महिना बितिसकेको छ । ४ महिना बितिसक्दा पनि हालसम्म बोर्ड अध्यक्ष चयनको काम अघि बढ्न सकेको छैन । गत पुस २० गते तत्कालिन धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमाल बाहिरिए पछि बोर्ड निमित्त नवराज अधिकारीको भरमा चलिरहेको छ । सरकारले बोर्ड अध्यक्ष सिफारिसका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीन बहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो ।  

यो समितिले अध्यक्ष पदको लागि आवेदन मागेर ५ जनाको नाम सर्ट लिष्ट गरको पनि महिनौ बितिसेको छ । तर हालसम्म पनि पाँच जनालाई आफ्नो प्रस्तुतीको लागि समितिले बोलाउन सकेको छैन । यसअघि अर्थमन्त्री वर्षमान पुनले आफू अमेरिका भ्रमणमा जानु पहिले अध्यक्ष पदको प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै स्थगन गरेका थिए ।

स्रोतका अनुसार अर्थमन्त्री पुनले अहिले धितोपत्र बोर्डको अध्यक्ष छनौटका लागि नयाँ समिति बनाउन चाहेका छन् । तर समितिका संयोजक मीन बहादुर श्रेष्ठले यसले आफ्नो प्रतिष्ठामा आँच आउने भन्दै असन्तुष्टि पोखेपछि बोर्ड अ्ध्यक्ष छनौटको कार्य रोकिएको हो ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

लामो समयदेखि धितोपत्र बोर्ड अध्यक्षविहिन बन्दा पूँजीबजारमा अनेक बेथिति देखिन थालेका छन् । स्वार्थ समूह बजारमा मौलाएको छ भने धितोपत्र बोर्डलगायत नियामक निकाय रमिते बनेको लगानीकर्ताहरुले आरोप लगाएका छन् । यसैबीच लगानीकर्ताहरु पटक–पटक पूँजीबजारका समस्या समाधानको माग राख्दै सडकमा पनि उत्रेका छन् ।  तर सरकारले लगानीकर्ताको मागलाई वेवास्ता गर्दा हाल ३१ खर्बको पूँजी बजार बेवारिसे अवस्थामा पुगेको छ ।  

बोर्डमा अध्यक्ष नहुँदा हाल दैनिक सञ्चालन बाहेक अन्य काम हुन सकेको छैन । अर्थमन्त्रालयका अधिकारीहरु भने हाल सरकार बजेट निर्माण कार्यमा व्यस्त भएकाले  धितोपत्र बोर्डको अध्यक्ष प्रक्रिया अघि बढ्न नसकेको बताउँछन् । बजारमा लगानीकर्ता भने अध्यक्ष छनौट प्रक्रियाको काम छुट्टै समितिले गर्ने भएकाले बजेटको बाहना देखाएर अध्यक्ष छनौट प्रक्रिया विलम्ब भएको भन्नु सरकारको गैर जिम्मेवारीपन भएको बताउँछन् ।

लगानीकता भन्छन्,‘ यो ६२ लाख लगानीकर्ताप्रति सरकारले गरेको बेवास्ता हो । लगानीकर्ताले दिएका सुझाव पनि सरकारले अर्थमन्त्रालयमा नै थन्कायो । बोर्ड अध्यक्ष चयनको प्रक्रिया पनि अर्थमन्त्रालयबाट नै रोकियो । पूँजीबजारमा हाम्रो लगानी बालुवामा पानी हाले जस्तै भएको छ ।’  

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.