मंगलवार, बैशाख ९,२०८२ 12:41:20
IME remit
  • मंगलवार, बैशाख ९,२०८२ 12:41:20
IME remit
Global IME Bank Limited

सेबोनका निमित्त प्रमुखको केटाकेटीपनले अरुलाई दुःख, ‘नेप्से र सिडीएसीकोभन्दा नियामकको सुझाव फितलो’

Hyundai Nepal
सेबोनका निमित्त प्रमुखको केटाकेटीपनले अरुलाई दुःख, ‘नेप्से र सिडीएसीकोभन्दा नियामकको सुझाव फितलो’
Nabil Bank Limited

काठमाण्डौ । नयाँ सत्ता समीकरणसँगै अर्थमन्त्रीको रुपमा बर्षमान पुन आएपछि पूँजीबजारका समस्या पहिचान तथा समाधानको उपाय र कार्ययोजना धितोपत्रका प्रमुख तीन निकायसँग मागियो । एक साताको समयावधि राखेर मागिएको सुझाव पठाउन भने तीन निकायलाई हम्मे हम्मे भयो ।  

नियामक निकायहरुको अलमल र अपरिपक्व कामले समयसीमा भन्दा केही दिन ढिलो गरी मंगलबार दिउँसोसम्म तीनै निकायबाट सुझाव अर्थमन्त्रालयमा गएको छ ।  

यसरी तोकिएको समयभन्दा ढिलो सुझाव जानुमा मुख्य रुपमा नेपाल धितोपत्र बोर्डको निमित्त अधिकार सम्हालेका डा. नवराज अधिकारीको अपरिपक्वता रहेको स्रोत बताउँछ । उनको केटाकेटीपनले अन्य निकायले समेत दुःख पाउने अवस्था बन्यो । 

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

‘सुुरुका केही दिन संयुक्त रुपमा सुझाव बुझाउने भनेर धितोपत्र बोर्डमा नेप्से र सीडीएसीलाई बोलाइयो  ।’ एक अधिकारीले भने–‘हामी दिनभर धितोपत्र बोर्डमा गएर बस्यौं । तर पछि फेरि अलग–अलग पठाउनुपर्ने अवस्था आइलाग्यो । त्यसपछि फेरि हामीले हतार–हतारमै सुझाव पठाउनुपर्ने अवस्था बन्यो । यो पटक डा. अधिकारीको नेतृत्व क्षमता निकै कमजोर देखियो ।’  

यसरी दिएका सुझाव संस्थाअनुसार फरक–फरक र स्वार्थ बाँझिने थिए । ‘उदाहरणका लागि लगानीकर्ताका संघ तथा संस्थाहरुले दिएको सुझाव ब्रोकर कमिसन घटाउनुपर्ने भन्ने थियो भने स्टक ब्रोकर एसोसिएसन यही रोक्न चाहन्थ्यो  ।’ स्रोत भन्छ–‘अघिल्लो पटकका अर्थमन्त्रीलाई पनि ब्रोकरहरुले नै कमिसन घटाउन रोकेका थिए । सुझावमा स्वार्थ बाँझिने भएपछि अन्तिम समयमा आएर गुपचुप र छुट्टाछुटै सुझाव गयो ।’  

कस्तो गयो सुझाव ?  

सुरुमा अर्थमन्त्रालयमा पठाइएका सुझाव सार्वजनिक गर्ने भनिएता पनि धेरै सुझाव तीन निकायअनुसार फरक–फरक गएपछि गुपचुप नै राखिएको छ ।  

अर्थमन्त्रालयका एक अधिकारीका अनुसार सबैभन्दा गहकिलो सुझाव नेप्से र सीडीएसीबाट प्राप्त भएको छ । बोर्डले आज(मंगलबार) ढिलो गरी पठाएको सुझाव निकै गोलमटोल छ ।

सीडीएसीले कर घटाउनेदेखि बजारको दायरा विस्तार गर्नेसम्मको सुुझाव दिएको छ ।  

नेप्सेबाट गएको सुझावमा  सेयर धितो कर्जाको क्याप हटाउने, जोखिमभार घटाउने, नेप्सेको पुनरसंरचना गर्ने र केही इन्ट्रा डे जस्ता प्रडक्ट ल्याउनुपर्ने लगायतका छन् ।  

हाल नेप्सेले ल्याउने भनेकै ‘नेप्से ३०’ इण्डेक्स, ब्रोकरहरुको नयाँ टीएमएस जस्ता विषयका फाइल चार वर्षदेखि अर्थमन्त्रालयमा थन्किएको अवस्थामा हालको सुझाव पनि कार्यान्वयनमा आउने विषयमा सुझाव पठाउने निकायका अधिकारीहरु नै शंका व्यक्त गर्छन् ।  

नेप्सेस्थित स्रोतले भन्यो–‘हामीले त पठायौं, तर राष्ट्रबैंक नेतृत्व निकै चाम्रो छ । तत्काल केही भइहाल्छ जस्तो चाहिँ लाग्दैन । अर्थमन्त्रीले पनि तत्कालै धेरै सुधारका काम गर्नसक्ने अवस्था देखिन्न ।’

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.