मंगलवार, कार्तिक २५,२०८२ 08:58:06
IME remit
  • मंगलवार, कार्तिक २५,२०८२ 08:58:06
IME remit
Global IME Bank Limited

सांसदहरुले 'सेबोन किन अस्तव्यस्त बनाएको' भनेर सोधेपछि जवाफ नदिई हिँडे अर्थमन्त्री

Hyundai Nepal
सांसदहरुले 'सेबोन किन अस्तव्यस्त बनाएको' भनेर सोधेपछि जवाफ नदिई हिँडे अर्थमन्त्री
Shivam Cement

काठमाण्डौ । अर्थमन्त्री रामेश्वर खनालले राष्ट्रिय सभाको एउटा समितिमा उठेको धितोपत्र बोर्डमाथि अर्थ मन्त्रालयबाट भएको निरन्तर हस्तक्षेपसम्बन्धी प्रश्नको जवाफ दिन सकेनन् ।  

मंगलबार अन्तरिम सरकारका अर्थमन्त्री खनालले पहिलो पटक संसदीय समितिमा उपस्थित भएर सांसदहरुको प्रश्नको सामना गरे । उनी राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिन भन्दै उपस्थित भएका हुन् ।  

तर, केही महत्वपूर्ण प्रश्नहरुको भने उनले जवाफ नै दिन सकेनन् । केही सहज र आफ्ना पक्षको प्रश्नहरुको मात्र उनले जवाफ दिन उचित ठाने । 

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

छलफलका क्रममा केही सांसदहरुलाई अर्थमन्त्री खनाललाई धितोपत्र बोर्डमा गरेको निरन्तरको हस्तक्षेपको विषयमा प्रश्न गरेका थिए । अर्थमन्त्रीले नै जानाजान पूँजीबजारलाई अस्तव्यस्त पार्नका लागि धितोपत्र बोर्डको सञ्चालक समितिले गरेको निर्णयमाथि हस्तक्षेप गरेको भन्दै आपत्ति जनाएका थिए । सांसदहरुले आफैं अर्थमन्त्री भएर पूँजीबजार अस्तव्यस्त बनाउने काम किन गर्नुभयो ? कानून मिचेर किन यस्तो काममा लाग्नुभयो ? जेनजी आन्दोलनको म्याण्डेटविपरीत धितोपत्र बोर्डको स्वायत्ततामाथि किन हस्तक्षेप गर्नुभएको ? जस्ता प्रश्नहरु सोधेका थिए ।  

तर, खनालले धितोपत्र बोर्डसँग सम्बन्धित प्रश्नहरुको जवाफ नै दिएनन् । ती प्रश्नहरु स्किप गर्दै उनले केही सहज विषयमा मात्र आफ्नो धारणा राखे ।  

त्यति मात्र होइन, अर्थमन्त्री खनालले उद्योगमा भएको विद्युत कटौती र यसले औद्योगिक विकास तथा अर्थतन्त्रमा पारिरहेको प्रभावको विषयमा सोधिएको प्रश्नमा समेत उनले मौनता साँधे ।

CG Motors
Muktinath Bikas Bank Limited

धितोपत्र बोर्ड लगायतमा खनालको हस्तक्षेपकारी नीतिको उदाहरण दिंदै सांसदहरुले सुशासनको नारा लगाए पनि सरकारले पूर्वाग्रही भएर काम गरिरहेको आरोप समेत लगाएका थिए । तर, यस विषयमा खोजिएको जवाफमा समेत अर्थमन्त्री खनालले मौनता साँधे ।  

सांसदहरुले सो क्रममा जेनजी आन्दोलनमा जलेका गाउँपालिकाका भवनलगायत क्षतिग्रस्त संरचनाको पुनर्निर्माणको विषयबारे सरकारको रोडम्याप, पुँजीगत खर्चको समस्या र बढ्दो ऋण परिचालन तथा बैंकमा थुप्रिएको तरलता व्यवस्थापन लगायतका विषयका प्रश्नमा समेत खनालले जवाफ दिन उचित ठानेनन् ।

केही सांसदले सो क्रममा नारायणघाट–बुटवल सडकलगायतका केही आयोजना अलपत्र पारिएको विषयमा समेत अर्थमन्त्रीको जवाफ मागेका थिए । तर, ती प्रश्नहरुमा पनि उनी मौन रहे ।

Global IME Bank Limited
Nabil Bank Limited
IME remit
New Office
Mahalaxmi Development Bank
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.