काठमाडौं। नेपाल प्रहरीका ६० जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा भएको छ। नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) मनोज केसीले मंगलबार सरुवासम्बन्धी निर्णय गरेका हुन्।
प्रहरी प्रधान कार्यालयका अनुसार जनपद प्रहरी समूहतर्फका एसपीहरूको पूर्वप्रकाशित सरुवा सूचीअनुसार जिम्मेवारी हेरफेर गरिएको हो।
सरुवाअनुसार बारामा कुमार विक्रम थापा, मोरङमा दिलीपकुमार गिरी, उदयपुरमा धर्मराज भण्डारी, तनहुँमा नरेशराज सुवेदी, बाँकेमा नवराज मल्ल र सिन्धुपाल्चोकमा निरञ्जन दत्त भट्ट खटिएका छन्।
त्यस्तै, पूर्वी नवलपरासीमा निर्मल बुढाथोकी, बर्दियामा बालनरसिंह राणा, धादिङमा भरत लामा, कास्कीमा मोहनबहादुर खाण र कैलालीमा यादव ढकालको सरुवा भएको छ।
पाल्पामा रविन श्रेष्ठ, भक्तपुरमा रुकेश तण्डुकार, सप्तरीमा रूपक खड्का र दाङमा श्यामु अर्याललाई जिम्मेवारी दिइएको छ।
यसैगरी, पर्सामा यसअघि काज सरुवा भएका पवनकुमार भट्टराई र सुनसरीमा पुष्पराज मल्लको दरबन्दी कायम गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।