सांसदहरुले 'सेबोन किन अस्तव्यस्त बनाएको' भनेर सोधेपछि जवाफ नदिई हिँडे अर्थमन्त्री
काठमाण्डौ । अर्थमन्त्री रामेश्वर खनालले राष्ट्रिय सभाको एउटा समितिमा उठेको धितोपत्र बोर्डमाथि अर्थ मन्त्रालयबाट भएको निरन्तर हस्तक्षेपसम्बन्धी प्रश्नको जवाफ दिन सकेनन् । मंगलबार अन्तरिम सरकारका अर्थमन्त्री खनालले पहिलो पटक संसदीय समितिमा उपस्थित भएर सांसदहरुको प्रश्नको सामना गरे । उनी राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा...

