बुधबार, आश्विन ३०,२०८१ 02:19:44
IME remit
  • बुधबार, आश्विन ३०,२०८१ 02:19:44
IME remit
Global IME Bank Limited

सरकार बनेको करिब ३ महिनापछि बन्यो अर्थतन्त्रबारे सुझाव दिन उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग

Hyundai Nepal
सरकार बनेको करिब ३ महिनापछि बन्यो अर्थतन्त्रबारे सुझाव दिन उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग
Nabil Bank Limited

काठमाण्डौ । नयाँ सरकार गठनको करिब ३ महिनापछि बल्ल सरकारले अर्थतन्त्रको समग्र सुधारका लागि सुझाव दिने उद्देश्यले उच्चस्तरीय आयोग गठन गरेको छ ।  

सरकार गठनलगत्तै एमाले कांग्रेसले अर्थतन्त्र सुधारका लागि आयोग गठन गर्ने समझदारी गरे पनि कार्यान्वयनमा आउन भने करिब ३ महिना समय लागेको हो । 

Bizshala
Shivam Cement
CG Motors

सोमबार बसेको मन्त्रिपरिषद बैठकले पूर्व अर्थसचिव रामेश्वर खनालको संयोजकत्वमा मुलुकको अर्थतन्त्रको समग्र सुधारको रायसहित प्रतिवेदन पेश गर्न आयोग गठनको निर्णय गरेको सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका छन् ।  

आयोगका सदस्यहरुमा राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाशकुमार श्रेष्ठ, त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्राडा. रामप्रसाद ज्ञवाली, अर्थविद् डा. विश्वास गौचन  र नीति अनुसन्धान प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता डा. कल्पना खनाल रहनु भएको छ । आयोगले आवश्यकता अनुसार निजी क्षेत्र लगायत अर्थतन्त्रका विविध पक्षहरुसँग परामर्श समेत गर्नेछ ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आयोगले सबै पक्षसँग परामर्श र छलफल गरी नेपालको अर्थतन्त्रलाई परिवर्तित समय अनुसार गतिशिल बनाउँदै सही मार्गमा अघि बढाउन आवश्यक सुझावहरु दिने विश्वास व्यक्त गरे । 

अर्थ मन्त्रालयले एक सय दिनमा सम्पन्न गर्ने कार्यहरुको सूचीमा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन गर्ने बुँदा पनि समावेश थियो ।

आयोगले कार्यविधि आफै बनाउने छ ।

 

Mahalaxmi Development Bank
Muktinath Bikas Bank Limited
Sagarmatha Cement

नेपाल उद्योग वाणिज्य महासंघ लगायतका निजी क्षेत्रको प्रतिनिधिमूलक संघसंस्थाहरुले सुस्त बनेको अर्थतन्त्रमा त्राण भर्न उच्चस्तरीय आयोग गठन गर्नुपर्ने र सो आयोगले दिएको सुझावका आधारमा अर्थतन्त्रलाई सधारको बाटोमा लैजानुपर्ने माग गर्दै आएका थिए ।  

सबैभन्दा उच्चस्तरीय गठनको माग एक कार्यक्रममाझ उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गरेका थिए । 

Nepal Investment Mega Bank Limited
IME remit
Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.