काठमाण्डौ । अर्थ मन्त्रालयका सबै टिप्पणी तथा निर्णय प्रक्रिया डिजिटल स्वीकृतिबाट हुने भएको छ । अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जाल फेसबुकमार्फत यसबारे जानकारी दिएका हुन् ।
डिजिटल स्वीकृति प्रणाली कार्यान्वयनसँगै अब म्यानुअल रुपमा हुने काम अन्त्य हुनुका साथै सम्पूर्ण रेकर्ड सुरक्षित रूपमा डिजिटल आर्काइभमा रहने भएको छ । यसले समय, लागत र श्रम बचतसँगै निर्णय प्रक्रियामा पारदर्शिता अभिवृद्धि समेत हुनेछ ।