२५० रुपैयाँको सामान खरिद गरेका उपभोक्ताले जिते १० लाखको करदाता प्रोत्साहन उपहार
काठमाण्डौ । शिव कृष्ण जनरल स्टोरबाट २५० रुपैयाँबराबरको सामान खरिद गरेका एक उपभोक्ताले १० लाख रुपैयाँको करदाता प्रोत्साहन उपहार जितेका छन्।करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत साउन महिनाको पहिलो १५ दिनको बम्पर उपहार विजेता घोषणा गरिएको हो। उक्त कार्यक्रमको पहिलो घोषणा समारोह सम्पन्न भएको छ।आन्तरिक राजस्व विभागले कर प्रणालीमा उपभोक्ताको सहभागिता बढाउने तथा खरिद...

