काठमाण्डौ । अर्थ मन्त्रालयले विदेशी लगानीका विषयमा समन्वय सुदृढ गर्न फोकल युनिट स्थापना गरेको छ। अर्थ मन्त्रालयका सहसचिव तथा प्रवक्ता टंक प्रसाल पाण्डेयले यसबारे जानकारी दिएका हुन् ।
विदेशी लगानीकर्ता र अन्तर्राष्ट्रिय विकास वित्त संस्थाहरुसँगको समन्वयलाई प्रभावकारी बनाउन, विदेशी लगानीकर्ताका लागि गर्नु पर्ने सहजीकरण तथा समन्वय र अन्य मन्त्रालय र निकायसँग विदेशी लगानीका विषयमा समन्वय सुदृढ गर्न अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाअन्तर्गत फोकल युनिट स्थापना गरिएको पाण्डेयले बताए ।
यस युनिटले विदेशी लगानीकर्ताका लागि अर्थ मन्त्रालयसँग प्रत्यक्ष सम्बन्ध हुने बैंकिङ तथा राजस्वसँग सम्बन्धित विषयमा आवश्यक समन्वय गर्नेछ।

