शुक्रबार, श्रावण २२,२०८३ 10:39:48
Bizshala
  • शुक्रबार, श्रावण २२,२०८३ 10:39:48
Bizshala
Global IME Bank Limited

२५० रुपैयाँको सामान खरिद गरेका उपभोक्ताले जिते १० लाखको करदाता प्रोत्साहन उपहार

२५० रुपैयाँको सामान खरिद गरेका उपभोक्ताले जिते १० लाखको करदाता प्रोत्साहन उपहार
New Office

काठमाण्डौ । शिव कृष्ण जनरल स्टोरबाट २५० रुपैयाँबराबरको सामान खरिद गरेका एक उपभोक्ताले १० लाख रुपैयाँको करदाता प्रोत्साहन उपहार जितेका छन्।

करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत साउन महिनाको पहिलो १५ दिनको बम्पर उपहार विजेता घोषणा गरिएको हो। उक्त कार्यक्रमको पहिलो घोषणा समारोह सम्पन्न भएको छ।

आन्तरिक राजस्व विभागले कर प्रणालीमा उपभोक्ताको सहभागिता बढाउने तथा खरिद गर्दा अनिवार्य रूपमा बिल लिने बानीको विकास गर्ने उद्देश्यले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन गरेको छ।

कार्यक्रमअन्तर्गत उपभोक्ताले सामान तथा सेवा खरिद गर्दा प्राप्त गरेको विद्युतीय बिल (ई–बिल) वा अन्य मान्य बिलका आधारमा विभिन्न उपहार जित्ने अवसर पाउने व्यवस्था गरिएको छ।

कार्यक्रमको मुख्य उद्देश्य वस्तु तथा सेवा खरिद–बिक्रीमा सक्कली बिल लिने–दिने संस्कृतिको विकास, वास्तविक कारोबार अभिलेखीकरण तथा कर अनुपालनलाई प्रोत्साहन गर्नु रहेको अर्थ मन्त्रालयले जनाएको छ।

कार्यविधिअनुसार नेपालभित्र एक पटकमा १०० रुपैयाँभन्दा बढी मूल्यको वस्तु वा सेवा खरिद गर्ने उपभोक्ता कार्यक्रममा सहभागी हुन सक्नेछन्। विद्युतीय माध्यमबाट गरिएको भुक्तानी स्वतः कार्यक्रममा समावेश हुनेछ भने नगद भुक्तानी गरेका उपभोक्ताले विभागको प्रणालीमा बिल नम्बर, विक्रेताको प्यान, बिल जारी मिति, कुल रकम, भुक्तानीको प्रकार, खरिदकर्ताको नाम र मोबाइल नम्बर प्रविष्ट गरी सहभागी हुन सक्नेछन्।

यद्यपि व्यावसायिक प्रयोजनका खरिद, सरकारी निकाय वा सार्वजनिक संस्थाको नाममा जारी भएका बिल, टेलिफोन, इन्टरनेट, विद्युत, सवारी तथा ढुवानी सेवा, हवाई टिकट तथा प्यान नभएका व्यक्तिबाट जारी भएका बिल भने कार्यक्रममा समावेश हुने छैनन्।

प्रत्येक दिनका लागि एक जना विजेतालाई १ लाख ३३ हजार ३३४ रुपैयाँ नगद उपहार प्रदान गरिनेछ भने प्रत्येक पाक्षिक अवधिमा छनोट हुने बम्पर विजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन्। उपहार रकममा प्रचलित कानूनअनुसार २५ प्रतिशत आकस्मिक लाभकर कट्टी गरिने व्यवस्था गरिएको छ।

उपहार प्राप्त गर्न विजेताले घोषणा भएको मितिले १५ दिनभित्र सक्कल बिल, नागरिकता वा अन्य आधिकारिक परिचयपत्र, बैंक खाताको विवरण र स्थायी लेखा नम्बर (प्यान( सहित नजिकको आन्तरिक राजस्व कार्यालयमा निवेदन दिनुपर्नेछ। आवश्यक कागजात प्रमाणीकरणपछि विभागले उपहार रकम सम्बन्धित बैंक खातामा सिधै जम्मा गर्नेछ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.