आईतवार, असार १४,२०८३ 06:38:32
Bizshala
  • आईतवार, असार १४,२०८३ 06:38:32
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

४ लगानीकर्ता संगठनले भेटे अर्थमन्त्रीलाई, नियामक निकायहरुमा सक्षम नेतृत्व नियुक्त गर्न माग

Laxmi Sunrise Bank Limited
४ लगानीकर्ता संगठनले भेटे अर्थमन्त्रीलाई, नियामक निकायहरुमा सक्षम नेतृत्व नियुक्त गर्न माग

काठमाण्डौ । सेयरबजार सम्बद्ध ४ लगानीकर्ता संगठनले नवनियुक्त अर्थमन्त्री रामेश्वर खनाललाई भेटेर सेयरबजार सुधारसम्बन्धी ५ बुँदे सुझाव दिएका छन् । 

नेपालको धितोपत्र क्षेत्रमा विद्यमान विभिन्न कमिकमजोरीका कारणले यो क्षेत्रको यथोचित सुधार, विकास र विस्तार हुन नसकेकोले सो को सुधारका लागि नेपाल सरकारले तत्कालीन र दीर्घकालीन सुधारका लागि  कदमहरु चाल्नुपर्ने देखिएकोले यथाशीघ्र आवश्यक कदम चाली यस क्षेत्रलाई तत्काल राहत प्रदान गर्न लगानीकर्ताहरुले सुझाव पेश गरेका छन् ।  

साथै अर्थमन्त्री खनाललाई लगानीकर्ताहरुले दीर्घकालमा विकसित पूँजीबजारको रुपमा स्थापित गर्न समेत अनुरोध गरेका छन् ।  

New Office
CG Motors
Garima Development Bank

 

लगानीकर्ताले यस क्षेत्रको दिगो विकासका लागि अर्थ मन्त्रालय, कानून मन्त्रालय, नेपाल राष्ट्रबैंक, राष्ट्रिय योजना आयोग, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, सिडिएस तथा क्लिएरिंग लिमीटेड, नेपाल बीमा प्राधिकरण, नेपाल विद्युत नियमन आयोग, कम्पनी रजिष्ट्रारको कार्यालय, आइक्यान नेपाल बैंकर्स संघ, लगानीकर्ता संघ, स्टक ब्रोकर्स संघ, नेपाल उद्योग वाणिज्य महासंघ, मर्चेन्ट बैंकर्स संघ, इप्पान लगायतका सबै सरोकारवालाहरुलाई सामेल गरी नेपाल पूँजीबजार सुधार कार्यदल गठन गरी यस क्षेत्रको समग्र सुधार गर्न नेपाल सरकारलाई सुझाव दिने तथा सो अनुसारको सुधार नेपाल सरकारले यथाशक्य लागू गर्नुपर्ने माग गरेका छन् ।  

पूँजीबजारमा विगतदेखि लाग्दै आईरहेका विभिन्न सीमाबन्धन (क्याप) तत्कालै हटाउन, पूँजीबजारको वर्तमान सन्त्रासपूर्ण अवस्थालाई शान्त पार्न अर्थमन्त्रीले विभिन्न संचारमाध्यम मार्फत लगानीकर्ताहरुलाई आवश्यक सम्बोधन गर्न समेत आग्रह गरेका छन् ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.