आईतवार, असार १४,२०८३ 09:56:54
Bizshala
  • आईतवार, असार १४,२०८३ 09:56:54
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नयाँ स्टक एक्सचेञ्जको निर्णय ३ सातासम्म पनि पुगेन धितोपत्र बोर्ड, अलमल गर्दै अर्थ मन्त्रालय

Laxmi Sunrise Bank Limited
नयाँ स्टक एक्सचेञ्जको निर्णय ३ सातासम्म पनि पुगेन धितोपत्र बोर्ड, अलमल गर्दै अर्थ मन्त्रालय

काठमाण्डौं । अर्थ मन्त्रालयमा धितोपत्रसँग सम्बन्धित निणर्यका फाइल हराउनु कुनै अनौठो विषयमा होइन । पछिल्लोपटक मन्त्रीपरिषद्ले नै निणर्य गरेको नयाँ स्टक एक्सचेञ्ज सञ्चालन गर्न अनुमति दिने पत्र समेत अर्थमन्त्रालयबाट धितोपत्र बोर्ड खुमलटारसम्म तीन साता बितिसक्दा पनि पुग्न सकेको छैन ।  

गत पुस ५ गते बसेको मन्त्रिपरिषद् बैठकले नयाँ स्टक एक्सचेञ्जको प्रकृया आगाडी बढाउने निणर्य गरेको थियो । यो मात्रै नभएर अर्थ मन्त्रालयमा हालको स्टक एक्सचेञ्जको पुनर्संरचनासँग सम्बन्धित फाइल पनि वर्षौदेखि अलपत्र परेको छ । फाइल हराउन तथा रोकिनु अर्थ मन्त्रालयको पुरानै रोग हो ।  

New Office
CG Motors
Garima Development Bank

यस बिषयमा स्रोतले दिएको जानकारीअनुसार अर्थ मन्त्रालयका उच्च अधिकारीहरु नयाँ स्टक एक्सचेञ्जको बिषयमा असहमत हुनु तथा सर्वोच्च अदालतमा मुद्दा समेत परेका कारण मन्त्रीपरिषदकै निर्णय पनि हाल अलपत्र परेको छ । यसै कारण पनि मन्त्रीपरिषदको बैठकबाट भएको निणर्यको विषयमा के गर्ने भन्ने बिषयमा मन्त्रालय नै अलमलमा परेको पनि स्रोतले दाबी गर्यो । सरकारले गत वर्ष माघमा नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको नेतृत्वमा तीन सदस्यीय अध्ययन समिति गठन गरेको थियो ।

अध्ययनपश्चात् उक्त समितिले गत वैशाखमा तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएको थियो ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उक्त प्रतिवेदनमा नेप्सेको पुनर्संरचना गर्नुपर्ने र नयाँ स्टक एक्सचेन्ज पनि खोल्न सकिने विकल्पसहितको सुझाव दिइएको दिइएको थियो । त्यही सुझावको आधारमा सरकारले गत पुसमा नयाँ स्टक एक्सचेञ्जको प्रक्रिया अघि बढाएको थियो ।

अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले नयाँ स्टक एक्सचेञ्जको विषयमा बिज्ञले दिएको सुझाव भन्दैमा हुबहु पास हुन नसक्ने बताए । भट्टराईले मन्त्रिपरिषदले पनि नयाँ स्टक एक्सचेञ्जको बिषयमा हुबहु कार्यन्वयन गर्नु नभनेको दाबी गरे । ‘मन्त्रिपरिषदले यस बिषयमा अध्ययन गर्नु भनेको हो । त्यो बिषय अहिले अध्ययन तथा प्रक्रियाकै चरणमा रहेको छ ।’

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.