काठमाण्डौ । अर्थ मन्त्रालयको राजश्व सचिवमा भुपाल बराल नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बराललाई राजश्व सचिवमा सुरुवा गर्ने निर्णय गरेको हो ।
उनी बागमती प्रदेश मुख्यमन्त्री कार्यालयको प्रमुख सचिवको जिम्मेवारीमा रहेका छन् ।
यसअघिका राजश्व सचिव दिनेशप्रसाद घिमिरेलाई गत सोज ६ गते प्राकृतिक स्रोत तथा वित्त आयोगको सचिवमा सुरूवा गरिएको थियो।
विसं २०८० चैतमा अर्थ मन्त्रालय मातहतको जिम्मेवारीबाट हटेका बराल फेरि अर्थ मन्त्रालयमा आएका हुन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।