काठमाण्डौ । अर्थ मन्त्रालयले पूर्व राजनैतिक तथा प्रशासनिक पदाधिकारीहरूको सेवा सुविधा खोस्न पत्राचार गरेको छ । अर्थ मन्त्रालयले गृह मन्त्रालय र रक्षा मन्त्रालयलाई पत्राचार गर्दे कानून बमोजिम बाहेक उपलब्ध गराइएका भए त्यस्ता सवारी साधन, जिन्सी सामान, सहयोगी, सुरक्षाकर्मी फिर्ता गर्ने र अन्य सेवा सुविधा स्थगन गर्ने कार्य शीघ्र कार्यान्वयन गर्न/गराउन असोज १० गते पत्राचार गरेको हो ।
मन्त्रिपरिषको असोज ५ गते बसेको बैठकले अनुत्पादक खर्च कटौती तथा मितव्ययिता कायम गर्न सेवा निवृत्त भइसकेका पूर्व राजनैतिक तथा प्रशासनिक पदाधिकारीहरूलाई प्रचलित कानूनमा उल्लेख भएका र स्वीकृत मापदण्ड बमोजिमका सेवा सुविधा मात्र प्रदान गराउन र कानून बमोजिम बाहेक उपलब्ध गराइएका भए त्यस्ता सुविधा स्थगन गर्ने निर्णय गरेको थियो ।
सोही निर्णय कार्यान्वयन गराउन अर्थ मन्त्रालयले गृह मन्त्रालय र रक्षा मन्त्रालयलाई पत्राचार गरेको हो ।