मंगलवार, आश्विन ६,२०८३ 05:54:35
Bizshala
  • मंगलवार, आश्विन ६,२०८३ 05:54:35
Bizshala
Global IME Bank Limited

केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठक सम्पन्न

केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठक सम्पन्न
New Office

काठमाण्डौ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालको अध्यक्षतामा केन्द्रीय राजस्व चुहावट समितिको बैठक सम्पन्न भएको छ । उक्त बैठक आज अर्थ मन्त्रालयको सभाहलमा सम्पन्न भएको हो । 

बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव, गृह सचिव, अर्थ सचिव, महानिरीक्षक–नेपाल प्रहरी, महानिरीक्षक–सशस्त्र प्रहरी बल नेपाल, मुख्य अनुसन्धान निर्देशक–राष्ट्रिय अनुसन्धान विभाग, महानिर्देशक–भन्सार विभाग, महानिर्देशक–आन्तरिक राजस्व विभाग, महानिर्देशक–राजस्व अनुसन्धान विभाग, महानिर्देशक–सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग लगायतको उपस्थिति रहेको थियो ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

बैठक अर्थ मन्त्रालय, राजस्व व्यवस्थापन महाशाखा प्रमुख उत्तरकुमार खत्रीको प्रस्तुतिबाट सुरु भएको थियो। उक्त बैठकमा राजस्व चुहावट नियन्त्रणका लागि जिल्लास्तरमा समेत समन्वयात्मक बैठक आयोजना गर्ने, राजस्व चुहावट नियन्त्रणका लागि सवैको सामूहिक प्रयास, सवै निकायहरुबीच सूचनाको आदान प्रदान, जिल्ला स्तरमा सचेतना कार्यक्रमको आयोजनागर्ने, समितिका आगामी बैठकहरु अन्य कार्यालयहरु/निकायहरुमा गर्ने र जिल्लास्तरका चुहावट नियन्त्रणमा संलग्न कार्यालयहरुलाई पनि अनलाइनमा जोडी संयुक्त रुपमा गर्ने व्यवस्था मिलाउने लगायतका विषयमा अर्थ मन्त्रीले निर्देशन दिए ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.