आईतवार, श्रावण १०,२०८३ 06:41:26
Bizshala
  • आईतवार, श्रावण १०,२०८३ 06:41:26
Bizshala
Global IME Bank Limited

अर्थमन्त्री खनालद्वारा सिंगापुरका राष्ट्रपति शनमुगारात्नमसँग शिष्टाचार भेट: के भयो कुराकानी ?

अर्थमन्त्री खनालद्वारा सिंगापुरका राष्ट्रपति शनमुगारात्नमसँग शिष्टाचार भेट: के भयो कुराकानी ?
New Office

काठमाण्डौ । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) को वार्षिक बैठकमा सहभागी हुन अमेरिकामा रहेका अर्थमन्त्री रामेश्वर प्रसाद खनालले आज सिंगापुरका राष्ट्रपति महामहिम थार्मान शनमुगारात्नमसँग शिष्टाचार भेटवार्ता गरेका छन्।

भेटका क्रममा राष्ट्रपति शनमुगारात्नमले नेपालले तीव्र आर्थिक विकास हासिल गर्न मानव पूँजी, पूर्वाधार, ऊर्जा, व्यापार र खुलापनमा लगानी केन्द्रित गर्नुपर्ने सुझाव दिएका छन्।

अर्थमन्त्री खनालले नेपाल सरकारले सुशासन कायम गर्दै युवाको आकांक्षाअनुसार आर्थिक रूपान्तरण र विकासमा जोड दिइरहेको बताउँदै सिंगापुरसँग आपसी सहयोगका अवसरहरूबारे पनि छलफल गरेका थिए।

यसअघि अर्थमन्त्री खनालले अन्तर्राष्ट्रिय वित्त निगम (IFC) का उपाध्यक्ष र अन्य वरिष्ठ अधिकारीहरूसँग पनि भेटवार्ता गरेका थिए। उक्त अवसरमा उनले नेपालमा लगानी विस्तार गरिरहेको IFC प्रती धन्यवाद ज्ञापन गर्दै निजी क्षेत्रको विकास, प्रतिस्पर्धात्मकता अभिवृद्धि र प्राविधिक सहयोगमा निगमको निरन्तर समर्थनको अपेक्षा व्यक्त गरे।

IFC का अधिकारीहरूले नेपालमा लगानी अझ बढाउने प्रतिबद्धता जनाउँदै अन्तर्राष्ट्रिय पुँजी प्रवाह सुदृढ गर्न केही कानुनी तथा नियामक सुधार आवश्यक रहेको उल्लेख गरे।

प्रतिक्रिया स्वरूप, अर्थमन्त्री खनालले ती सुधारहरू शीघ्र कार्यान्वयन गर्ने र आवश्यक कानुनी तयारी अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.