आईतवार, श्रावण १०,२०८३ 06:37:35
Bizshala
  • आईतवार, श्रावण १०,२०८३ 06:37:35
Bizshala
Global IME Bank Limited

पदभार ग्रहणलगत्तै अर्थमन्त्रीको निर्णय- 'टुक्रे आयोजना कार्यान्वयन नगर्ने'

'मलाई माननीय नभन्नुहोला, म सेवकको रुपमा काम गर्न आएको हुँ'

पदभार ग्रहणलगत्तै अर्थमन्त्रीको निर्णय- 'टुक्रे आयोजना कार्यान्वयन नगर्ने'
New Office

काठमाण्डौ । निकै कठीन परिस्थितिमा अर्थमन्त्री नियुक्त भएका डा. रामेश्वर खनालले सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गरेका छन्।

मन्त्रालय पुगेका खनाललाई कर्मचारीहरूले ताली र फूलमाला सहित स्वागत गरेका थिए। पदभार सम्हालेपछि उनले आफूलाई ‘माननीय’ भन्ने सम्बोधन नगर्न आग्रह गर्दै आफूले सामान्य सेवकका रूपमा काम गर्न चाहेको बताए।

अर्थमन्त्री बनेलगत्तै उनले पूर्वतयारीबिना सुरु गरिएका तथा टुक्राटाक्री शैलीमा बनाइएका परियोजना कार्यान्वयन नगर्ने निर्णय गरेका छन्। अन्तरिम सरकार निकै ठूलो वित्तीय दवाबमा परेको अवस्थामा अर्थमन्त्रीको यो पहिलो निर्णयलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

डा. खनालका अनुसार तत्कालको प्राथमिकता भनेका युवाहरूको माग सम्बोधन गर्नु र निर्वाचन सम्पन्न गर्नु हो। “त्यसका लागि खर्च कटौती आवश्यक भएकाले यो निर्णय गरिएको हो,” सपथ लिँदै उनले भने ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.