बुधबार, श्रावण ६,२०८३ 12:22:48
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 12:22:48
Bizshala
Global IME Bank Limited

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा विभिन्न क्षेत्रमा ‘अवार्ड सेरेमनी एन्ड स्किल इन्हान्समेन्ट’ कार्यक्रम सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा विभिन्न क्षेत्रमा ‘अवार्ड सेरेमनी एन्ड स्किल इन्हान्समेन्ट’ कार्यक्रम सम्पन्न
New Office

काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशका विभिन्न क्षेत्रहरूमा आयोजना गरेको “Award Ceremony and Skill Enhancement” कार्यक्रमहरू उत्साहपूर्वक सम्पन्न गरेको छ। कार्यक्रमहरू क्रमशः भदौ २१ गते इटहरीस्थित सोल्टी वेस्टएन्ड, कात्तिक १४ गते भैरहवाको टाइगर प्यालेस रिसोर्ट, कात्तिक २१ गते पोखराको टिका रिसोर्ट र कात्तिक २२ गते काठमाडौंको चाबहिलस्थित स्मार्ट प्यालेसमा सम्पन्न भएका हुन्।

यी कार्यक्रमहरू कम्पनीका पूर्व, मध्य–पश्चिम र काठमाडौं उपत्यकाका क्षेत्रीय लिडरहरूका लागि आयोजित गरिएका थिए। कार्यक्रमको मुख्य उद्देश्य सिटिजन लिडरहरूबीच आत्मविश्वास, प्रेरणा र सहकार्यको भावना बलियो बनाउनुका साथै बिक्री सीपलाई अझ व्यवस्थित र व्यावसायिक बनाउन सघाउने रहेको कम्पनीले जनाएको छ।

कार्यक्रमहरूमा २५० देखि ३६० जनासम्मको सहभागिता रह्यो। सो क्रममा आर्थिक वर्ष २०८१/८२ का “ब्रोनज क्लब” क्वालिफायरहरूलाई सम्मान गरिएको थियो। साथै विभिन्न दिनहरूमा उत्कृष्ट प्रदर्शन गर्ने लिडरहरूलाई “Hero of the Day” उपाधिसहित पुरस्कृत पनि गरियो।

तालिम सत्र कम्पनीका प्रमुख व्यवसाय अधिकृत (CBO), प्रमुख बजार व्यवस्थापन अधिकृत (CMO), प्रशिक्षण विभागका प्रमुख तथा प्रमुख कार्यकारी अधिकृत (CEO) को संयुक्त नेतृत्वमा सञ्चालन गरिएको थियो। सहभागीहरूका अनुसार, सत्रहरूले उनीहरूमा नयाँ उत्साह, आत्मविश्वास र प्रेरणा जगाएको अनुभव गराए।

कार्यक्रमको अन्त्यमा मनोरञ्जनात्मक सत्र पनि राखिएको थियो, जहाँ चर्चित गायक मिलन लामाले पोखरा र काठमाडौंमा आकर्षक प्रस्तुति दिएर माहोललाई झनै उत्साहपूर्ण बनाएका थिए।

कम्पनीले कार्यक्रम अत्यन्तै सफल र ऊर्जाशील भएको जनाएको छ। सहभागीहरूबाट प्राप्त सकारात्मक प्रतिक्रिया र उर्जा कम्पनीको आगामी रणनीतिका लागि प्रेरणादायी रहेको बताइएको छ।

सिटिजन लाइफ इन्स्योरेन्सले आफ्ना लिडरहरूको योगदानको कदर गर्दै सम्मान र प्रेरणाको संस्कृतिलाई निरन्तर अघि बढाइरहेको छ। कम्पनीले निकट भविष्यमा पश्चिम र हेटौंडा क्षेत्रका कार्यक्रमहरू पनि सम्पन्न गर्ने तयारी गरिरहेको जानकारी दिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.