मंगलवार, कार्तिक २५,२०८२ 08:57:30
IME remit
  • मंगलवार, कार्तिक २५,२०८२ 08:57:30
IME remit
Global IME Bank Limited

दोहोरो आईजीनको कार्यान्वयन कहाँ अड्कियो ?सेबोनका कानून प्रवलीकरण समितिका संयोजकले दिए यस्तो जवाफ

Hyundai Nepal
दोहोरो आईजीनको कार्यान्वयन कहाँ अड्कियो ?सेबोनका कानून प्रवलीकरण समितिका संयोजकले दिए यस्तो जवाफ
Shivam Cement

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)मा सीडीएससीले गरेको सिफारिसअनुसार संस्थापक र सर्वसाधारण सेयरमा २ वटा फरक–फरक आइजीन(‘इन्टरनेसनल सेक्यूरिटिज आइडेन्टिफिकेसन नम्बर) दिने व्यवस्थाको कार्यान्वयन प्रक्रिया लामो समयदेखि अड्किएको छ ।  

सेबोनका अधिकांश सञ्चालकहरु सिडिएससीको सिफारिसअनुसार दोहोरो आईजीन सम्बन्धी व्यवस्था लागू गर्ने विषयमा सहमत भए पनि कानूनी प्रवलीकरण समितिले यो विषयमा आफ्नो राय पेश गर्न ढिलाई गर्दा समस्या उत्पन्न भएको हो ।  

लगानीकर्ताहरुले कतिपय कम्पनीका संस्थापक सेयरधनीले एउटै आईजीनको दुरुपयोग गरेर सर्वसाधारणलाई सेयर भिडाएर लकइन समयअघि नै बजारबाट एक्जिट हुने विकृति मौलाएको भन्दै यो व्यवस्था शीघ्र कार्यान्वयन गर्न माग गरिरहेका छन् । पछिल्लो समय अर्थमन्त्रीदेखि धितोपत्र बोर्डसम्म ज्ञापनपत्र बुझाउने लगानीकर्ताका विभिन्न समूहहरुका विभिन्न मागमध्ये दोहोरो आईजीनको व्यवस्था तत्काल कार्यान्वयन गर्ने विषय प्रमुख रुपमा उठेको छ । तर, सेबोनले यो व्यवस्था कार्यान्वयनमा ल्याउन ढिलाई गरिरहेको छ ।  

उच्च स्रोतकाअनुसार दोहोरो आईजीनसम्बन्धी व्यवस्था कार्यान्वयनमा ढिलाई हुनु पछाडिको कारण सञ्चालक विनोदकुमार भट्टराई संयोजक रहेको कानूनी प्रवलीकरण समितिको ढिलासुस्ती हो ।

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

२०८२ भदौ १७ गते बसेको सेबोनको सञ्चालक समितिको बैठकमा अधिकांश सदस्यहरुले संस्थापक र सर्वसाधारण सेयरमा २ वटा फरक–फरक आईजीन दिने गरी सिडिएसीबाट आएको मस्यौदालाई कार्यान्वयनको बाटोमा अगाडि बढाउन सहमति जनाएका थिए । सञ्चालक समितिको बैठकले सिडिएससीबाट आएको निर्देशिकाको मस्यौदालाई कानूनी प्रवलीकरणका लागि सम्बन्धित समितिमा पठाउने निर्णय गरेको थियो । सो निर्णयअनुसार सेबोनस्थित कानूनी प्रवलीकरण समितिले मस्यौदा अध्ययन गरी सच्याउनुपर्ने विषयसहित पुनः सञ्चालक समितिमा फर्काउने र त्यसपछि सेबोनको बोर्ड बैठकले सो व्यवस्था कार्यान्वयन गर्नेसम्मको तयारी थियो ।  

सो बेलाको बोर्ड बैठकले कानूनी प्रवलीकरण समितिलाई जतिसक्दो चाँडो मस्यौदा हेरेर सच्याउनुपर्ने कुनै विषय भए उल्लेख गरेर पठाउन भनेको थियो । तर सो समितिले ढिलाई गर्दा दशैं, तिहार र कर्मचारीको आन्दोलनका कारण सेबोन ४८ दिनसम्म ठप्प हुने परिस्थिति आइलाग्यो । यही कारण देखाएर कानूनी प्रवलीकरण समितिले पनि आफ्नो काम अझै नबढाएको पाइएको छ ।  

कानूनी प्रवलीकरण समितिको नेतृत्व गरिरहेका कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव तथा सेबोनका सञ्चालक विनोदकुमार भट्टराईले कर्मचारी आन्दोलनलाई कारण देखाउँदै समयमा काम हुन नसकेको स्वीकार गरे ।  

‘हामीले दुईवटा आईजीनको व्यवस्था गर्ने विषयमा सिडिएससीको हाकिमसँग छलफल गरिसकेका छौं । यो विषयमा नेप्सेको नेतृत्वसँग पनि डिस्कसन गर्नुपर्ने थियो, तर कर्मचारी आन्दोलनका कारण त्यो हुन सकेन ।’ भट्टराईले भने–‘बल्ल कर्मचारी आन्दोलन मत्थर भएर सेबोन लयमा फर्किएको छ । अब यो विषय पनि अगाडि बढ्ला ।’

सहसचिव भट्टराईले दोहोरो आईजीन कार्यान्वयनको बिषयमा ढिलाई गर्ने आफूहरुको कुनै नियत नरहेको समेत प्रष्ट पारे । ‘यसमा कसैको पनि केही गलत नियत छैन ।’ उनले बिजशालासँग भने–‘अब सेबोन खुलेको छ । यो विषय पनि चाँडै टुंगिएला ।’

नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पूँजीबजार सुधारका लागि गठित कार्यदलको सिफारिसअनुसार दोहोरो आईजीनको व्यवस्था कात्तिक मसान्तभित्र कार्यान्वयनमा ल्याइसक्ने आफूहरुको टाइमलाइन भए पनि आन्दोलनका कारण केही दिन ढिलाई भएको प्रष्ट्याए । चाँडै यो विषय कार्यान्वयनमा ल्याइने समेत उनको प्रतिबद्धता छ । 

CG Motors
Muktinath Bikas Bank Limited

लामो समयदेखि थियो विवाद

धितोपत्र बोर्ड, नेप्से र सीडीएससीमा नयाँ नेतृत्व आएपछि केही नयाँ विषय पनि आएका छन् । खासगरि सीडीएससीले संस्थापक र सर्वसाधारण सेयरमा २ वटा फरक–फरक आइजिन दिने अडान राखेपछि यो विषय लामो समयदेखि विवादमा रहेको छ ।

सीडीएससीले बीमा , बैंक तथा वित्तीय क्षेत्रहरुको हकमा २ वटा आईजिन दिने गरेको छ । तर बाँकी रहेका क्षेत्रमा एउटै आईजिन दिने गरेको देखिन्छ । धितोपत्र कारोबार डिम्याट हुन थालेपछि हरेक कम्पनीहरुलाई आईजिन दिने गरिएको छ । यसमा देशको नामसहितको नम्बर दिईएको हुन्छ ।  

सीडीएससीले धितोपत्र अभौतिकरण कार्य सञ्चालन निर्देशिका २०८२ पारित गरेर सेबोनमा पठाएपछि यो विषय लामो समयसम्म अनिर्णित अवस्थामा थियो । तर, सेबोन दुईवटा आईजीनको पक्षमै देखिएपछि चाँडै यो विषयमा निश्कर्ष आउने देखिएको छ ।  

सर्वसाधारण सेयर लगानीकर्ताहरु २ वटा आईजीन हुनुपर्ने पक्षमा छन् । संस्थापक सेयरधनी र खासगरी जलविद्युत कम्पनीका प्रमोटरहरु भने यसको विपक्षमा छन् ।  

कर्मचारी आन्दोलनका कारण सेबोन ठप्प भएको अवस्थामा केही स्वार्थ समूहले दोहोरो आईजीन कार्यान्वयन हुन नदिन अदृश्य खेलहरु खेलेका समेत कतिपयको आशंका छ । यही कारण कार्यान्वनयमा ढिलाई भएको हो कि भन्ने कतिपयको अनुमान देखिन्छ ।  

के छ सीडीएसीको निर्देशिकामा ?

सीडीएससीले तयार पारेको धितोपत्र आभौतिकरण निर्देशिका २०८२ मा अब सर्वसाधारणमा जाने सबै कम्पनीेहरुले लकइन अवधिभर २ वटा आइजिन अनिबार्य गरेको छ । तर लकइन अवधि सकिए पछि कम्पनीहरुले साधारण सभाको बैठक बसी धितोपत्र बोर्डको स्वीकृति लिएर एउटै आइजिन बनाउन सक्नेछन ।  

जसको लागि सर्वसाधरणहरुलाई जानकारी दिन २ पटक सार्वजनिक सूचना जारी गर्नुपर्ने पनि निर्देशिकमा उल्लेख छ ।  

त्यसैगरि उक्त निर्देशिकाको दफा ७ को उपदफा २ मा भनिएको छ, ‘यस निर्देशिकामा लागू हुनु पूर्व संस्थापक र सर्वसाधारण समूहको धितोपत्रमा एउटै आइजिन दिइ लक इन अवधि समाप्त नभएको धितोपत्रको समेत यस निर्देशिका लागू भए पश्च्यात फरक–फरक आइजिन हुनेछ ।’

हाल एउटै आइजिन भएका तर लकइन अवधि नसकिएका कम्पनीहरुलाई समेत यस निर्देशिकाले छुनेछ ।  

Global IME Bank Limited
Nabil Bank Limited
IME remit
New Office
Mahalaxmi Development Bank
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.