आईतवार, फाल्गुन ११,२०८१ 02:35:50
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 02:35:50
IME remit
Global IME Bank Limited

राजनीतिमा फेरि उथलपुथल हुँदैछ ? एमालेले अर्थमन्त्री फाल्ने, रास्वपाले सरकार छाड्ने !

Hyundai Nepal
राजनीतिमा फेरि उथलपुथल हुँदैछ ? एमालेले अर्थमन्त्री फाल्ने, रास्वपाले सरकार छाड्ने !
Nabil Bank Limited

काठमाण्डौ । कांग्रेससहितको गठबन्धन सरकार ढलेको १०० दिन मात्र पूरा भएको अवस्थामा समाचारको हेडलाइन यस्तो देखेर तपाईलाई पत्यार नलाग्ला । तर, नेपालमा बिजारोपण भएको राजनीतिक अस्थिरताको बिउ फेरि फस्टाउन थालेको छ। भित्र भित्रै घटनाक्रमहरु यस्तरी विकास भइरहेका छन्(विकास गरिँदैछ) कि एमाले र माओवादीसहितको वर्तमान सत्ता गठबन्धन जुनसुकै बेला भत्किनसक्छ । वर्तमान गठबन्धनको महत्वपूर्ण सूत्रधार तथा साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सरकारबाट जुनसुकै बेला बाहिरिनसक्छ ।  

झट्ट सुन्दा धेरैलाई पत्यार नलाग्ला । जसरी उपेन्द्र यादवको पार्टी फुटाइयो, उसैगरी माओवादी केन्द्र पनि फूटको संघारमा पुगेको विश्लेषण हुन थालेको छ । देशी–विदेशी शक्तिहरुको तीव्र चलखेलका कारण जनार्दन शर्मा लगायतका नेताहरुले जुनसुकै बेला माओवादी केन्द्रमा विद्रोहको शंखघोष गर्ने अवस्था बनेको छ । यी सम्भावनाहरु यति धेरै यथार्थनजिक धकेलिँदैछन् कि केही सातामै माथि उल्लेख गरिएका अनपेक्षित घटनाक्रमहरु भए भने अचम्म मान्नुपर्नेछैन । 

Shivam Cement
CG Motors
Sagarmatha Cement

उच्च राजनीतिक स्रोतहरुका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीले उपेन्द्र यादवको पार्टी झै माओवादी केन्द्रलाई पनि फुटाउने तानाबानामा प्रमुख भूमिका निर्वाह गर्दै आएका छन् । माओवादीलाई पटक–पटक सत्ताको नेतृत्व सुम्पिनुपर्ने अवस्था, प्रचण्डलाई मात्र सबैखालका अवसर दिनुपर्ने निरीहता, ३२ सिटे दललाई सधैं केन्द्रमा राखिदिनुपर्ने अनौठो परिबन्धमा परेका एमाले अध्यक्ष ओली माओवादी केन्द्रलाई फूटाएरै अगाडि बढ्ने निश्कर्षमा पुगेका र सोहीअनुसारको खेलहरु समेत भइरहेका स्रोतहरुको दाबी छ ।  

ओली र केही विदेशी शक्तिहरुले अहिले माओवादीभित्रको जनार्दन शर्मा समूहलाई उचालेर हिँडिरहेको स्रोत दाबी गर्छ । यसैकारण शर्माले आफ्नै दलका प्रधानमन्त्री र अर्थमन्त्री भएको अवस्थामा प्रस्तुत भएको बजेटको सदनमै खुलेरै आलोचना गरेका छन् । उनले वर्षमान पुनले ल्याएको बजेटलाई ‘माओवादीभित्रका निश्चित नेताहरुको व्यक्तिगत बजेट जस्तो मात्र भएको’ भन्दै आलोचना गरे ।  

जनार्दन शर्मा नेतृत्वको समूह विगत केही महिनादेखि माओवादी केन्द्रभित्र प्रचण्डविरोधी समूह निर्माणमा लागेको छ । प्रचण्डले पार्टीभित्र एकलौटी र मनोमानी गरेका र उनको चाकडी गर्ने तथा उनलाई खुशी पार्नेहरुलाई मात्र काखी च्यापेको भन्दै शर्मा लगायतका नेताहरु रुष्ट छन् । उनीहरु जुनसुकै समयमा पनि पार्टी फुटाएर नयाँ गठन गर्ने र माओवादीबाट चोइटिएका विप्लव समूहसँग एकता गरेर अगाडि बढ्ने योजनामा रहेका स्रोत दाबी गर्छ ।

विप्लव एकताका लागि तयार नभए एमालेसँग समेत एकता गरेर अगाडि बढ्नेसम्मको योजना शर्मा समूह छ ।  

संसदको दोश्रो ठूलो दल भएर पनि प्रचण्डलाई देश सुम्पिने बिडम्बनापूर्ण अवस्थामा रहेका केपी शर्मा ओलीले यही अवस्थाको फाइदा उठाउँदै विभिन्न शक्तिहरु परिचालन गरिरहेका स्रोतको दाबी छ । ओली पनि चाँडोभन्दा चाँडो माओवादी फूटोस् र प्रचण्ड अझ कमजोर बनून् भन्ने पक्षमा छन् । प्रचण्ड कमजोर बनेमा त्रिशंकु संसदमा कुनै पनि दलको बहुमत नपुग्ने अवस्था आउने र यस्तो अवस्थामा प्रचण्डकै नेतृत्वमा संसद विघटन गरेर मध्यावधि निर्वाचनसम्म जाने बाटो ओलीले खोजिरहेका विश्लेषकहरु दाबी गर्छन् । यसो हुन सकेको खण्डमा एक्लाएक्लै चुनाव लडेर एमालेलाई सबैभन्दा ठूलो दल बनाउने र बहुमत ल्याउने तथा विगतमा आफूले गरेको संसद विघटनको समेत पुष्ट्याई गर्ने गरी राजनीतिक लाभ लिने ओलीको स्वार्थ रहेको दाबी गरिएको छ ।  

रास्वपा वाक्कदिक्क

पछिल्लो समय विशेष गरी युवा मतदाताहरुको रोजाईमा परेको राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताहरु नै हिजोआज सरकारको आलोचना गर्दै हिँडिरहेका छन् । केही दिनअघि एक कार्यक्रममा रास्वपाका नेता तथा खेलकूदमन्त्री विराजभक्त श्रेष्ठले सरकारलाई पुरानै ढर्रामा चलाइएको भन्दै प्रचण्डको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाएका थिए ।  

‘हामी गोजीमा राजीनामापत्र बोकेर हिँडेका छौं । जुनसुकै बेला बुझाउन सक्छौं ।’

-विराजभक्त श्रेष्ठ, रास्वपा नेता तथा खेलकूदमन्त्री

उनले रास्वपाबाट मन्त्री भएकाहरु जुनसुकै बेला सरकारबाट बाहिरिन मानसिक रुपमा तयार भइसकेका उल्लेख गर्दै भनेका थिए–‘हामी गोजीमा राजीनामापत्र बोकेर हिँडेका छौं । जुनसुकै बेला बुझाउन सक्छौं ।’  

केही दिनअघि मात्र रास्वपाका सभापति रवि लामिछानेले सरकार गठनको १०० दिनको समीक्षा गर्दै केही नराम्रो नहुनुलाई नै राम्रो मान्नुपर्ने भन्दै घुमाउरो असन्तुष्टि व्यक्त गरेका थिए ।  

लामिछाने तथा पार्टी उपसभापति स्वर्णिम वाग्ले लगायतका नेताहरु समेत पछिल्ला दिनहरुमा सरकारमा रहने वा नरहने भन्ने विषयमा दैनिकजसो छलफलमा बस्ने गरेका स्रोत बताउँछ । ‘उहाँहरु पनि सरकारलाई प्रचण्डले पुरानै ढर्रामा र एकलौटी ढंगले चलाउन खोजेको निश्कर्षमा पुगिसक्नुभएको छ । यसैगरी सरकारमा बसिरहने हो भने केही गर्न पनि नसकिने र यसले पार्टीको छवि बिग्रिएर मिसन २०८४ मा ठूलो धक्का पुग्ने निश्कर्ष आइसकेको छ ।’ रास्वपाका एक केन्द्रीय सदस्यले भने–‘अब हाम्रो पार्टी जतिसक्दो चाँडो सरकारबाट बाहिरिनुपर्छ र पुरानो ढर्राबाट देश चलाएर देशबासीको भविष्य अन्यौलमा पार्न चाहने शक्तिहरुको भण्डाफोरमा लाग्नुपर्छ । हाम्रासामू अब मिसन २०८४ मा फोकस हुनुको अर्को विकल्प छैन ।’

रास्वपाले मिसन २०८४ घोषणा गर्दै अबको चुनावमा संसदको सबैभन्दा ठूलो दल हुने सपना सँगालेको छ ।  

अर्थमन्त्री फ्याक्टर

कांग्रेससहितको गठबन्धन ढल्नु पछाडिको प्रमुख कारण थिए तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महत । डा. महतले प्रचण्डले प्रधानमन्त्रीको रुपमा स्रोतहरुको जथाभावी बाँडफाँड गर्नुपर्छ भनेर कार्यकर्तालाई बाँड्न लागेको पैसामा असहमति जनाएका थिए । लडाकू वा यस्तै नाममा राज्यस्रोतको चरम दुरुपयोग गर्ने प्रचण्ड योजनाको तगारो बनेका कारण डा. महत गठबन्धन टुट्नेसम्मको कारक पात्र बने ।  

जसरी कांग्रेससहितको गठबन्धन सरकार अर्थमन्त्रीकै कारण ढलेको थियो, एमालेसहितको अहिलेको गठबन्धन ढल्ने अर्को एउटा कारण पुनः अर्थमन्त्री नै बन्नसक्छन् । किनकि अर्थमन्त्रीको रुपमा प्रचण्डले आफ्ना विश्वासपात्र पुनलाई नियुक्त गरेपछि राज्यस्रोतमा माओवादीको मनपरीतन्त्रले शिखर चुम्न थालिसकेको छ । यो वा त्यो नाममा प्रचण्डले कार्यकर्ता पंक्तिमा पैसा बाँडिरहेका छन् । यो कुरा टुलुटुलु हेरेर पनि बुझ पचाएर बसेका गठबन्धनका प्रमुख सत्ता साझेदार दल एमालेका नेताहरु जब पुनले एकलौटी ढंगले बजेट ल्याए र अर्थमन्त्रालय अन्तरगतका नियुक्तिहरुमा एकलौटी गरे, त्यसबाट बिच्किएका छन् ।  

कार्यकर्तालाई पैसा बाँड्दासम्म चूपचाप बसेको एमाले पंक्ति बजेटमा देखिएको माओवादीको हेपाहा प्रवृति र अर्थमन्त्रीको मनपरीतन्त्रको विरुद्धमा उभिन थालेको छ । एमालेका शीर्ष नेताबीच पुनले ल्याएको बजेट नै फेल गरिदिनेसम्मको छलफलहरु हुन थालेका छन् ।

कार्यकर्तालाई पैसा बाँड्दासम्म चूपचाप बसेको एमाले पंक्ति बजेटमा देखिएको माओवादीको हेपाहा प्रवृति र अर्थमन्त्रीको मनपरीतन्त्रको विरुद्धमा उभिन थालेको छ । एमालेका शीर्ष नेताबीच पुनले ल्याएको बजेट नै फेल गरिदिनेसम्मको छलफलहरु हुन थालेका छन् । यसले समेत एमाले जुनसुकै बेला यो गठबन्धनको विकल्पमा जान खोजिरहेको छ भन्ने देखाउँछ । 

अझ पछिल्लो समय नेपालको पूँजीबजारको प्रमुख नियामक धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा ओलीको चाहनाविपरीत अर्थमन्त्री वर्षमान पुनले जुन खालको षड्यन्त्र रचे र ओलीजस्ता चतुर खेलाडीलाई समेत छक्याउने प्रयास गरे, त्यसले कि त अर्थमन्त्रीको बर्खास्ती वा एमालेको सत्ताबाट बहिर्गमन टाढा छैन भन्ने देखाउँछ ।  

अर्कोतर्फ, अर्थमन्त्री वर्षमान पुनले सेयर बजारप्रति देखाएको अनुदार व्यवहार र छलछामपूर्ण कार्यशैलीबाट समेत एमाले पंक्ति रुष्ट छ । नेकपा एमाले तुलनात्मक रुपमा सेयर बजारप्रति लचक पार्टी हो । यहीकारण यो दलबाट अर्थमन्त्रीको रुपमा विष्णु पौडेलको नाम मात्र आउँदा पनि बजारमा चमक सुरु हुन्छ । बजारका लगानीकर्तामा एमालेप्रति सकारात्मक छाप छ । तर, यही छविलाई समेत धुमिल बनाउने गरी अर्थमन्त्रीले सेयर बजारजस्तो सम्वेदनशील ठाउँमा समेत छलछामको राजनीति गरेपछि र लगानीकर्तासँग समेत झूठको खेती गरेपछि एमाले थप बिच्किएको छ ।  

नेकपा एमाले तुलनात्मक रुपमा सेयर बजारप्रति लचक पार्टी हो । यहीकारण यो दलबाट अर्थमन्त्रीको रुपमा विष्णु पौडेलको नाम मात्र आउँदा पनि बजारमा चमक सुरु हुन्छ । बजारका लगानीकर्तामा एमालेप्रति सकारात्मक छाप छ । तर, यही छविलाई समेत धुमिल बनाउने गरी अर्थमन्त्रीले सेयर बजारजस्तो सम्वेदनशील ठाउँमा समेत छलछामको राजनीति गरेपछि र लगानीकर्तासँग समेत झूठको खेती गरेपछि एमाले थप बिच्किएको छ ।  

एमाले सेयर बजारमा आबद्ध ६२ लाख बढी लगानीकर्तालाई चिढ्याएर अगाडि बढ्ने पक्षमा छैन । सकेसम्म बजारमैत्री नीति लिएर अगाडि बढी ६२ लाखको सहानुभूतिसहित मिसन २०८४ मा बहुमतप्राप्त हुने गरी पार्टीलाई सबैभन्दा ठूलो दल बनाउने उसको योजना छ । यो योजनामा प्रचण्ड र अर्थमन्त्री पुन तगारो बन्ने देखिएपछि एमालेले पनि आफ्नो खेल देखाउन थालेको धेरैको बुझाई छ ।  

हुन त कतिपयले एमालेकै कार्यकर्ता रहेका गभर्नर महाप्रसाद अधिकारी(एम. अधिकारी)का कारण सेयर बजारमा निराशा छाएको समेत बताउँछन् । तर, पछिल्लो समय महाप्रसाद अधिकारीको एमालेकै शीर्ष पंक्तिसँग नै राम्रो सम्बन्ध छैन । उदाहरणका लागि उनलाई गभर्नर बनाउन सबैभन्दा बढी जोडबल गर्ने पूर्व अर्थमन्त्री डा. युवराज खतिवडासँग सम्बन्ध बिग्रिएको छ । गभर्नर अधिकारी डा. खतिवडालाई आफ्नो अभिभावक ठान्थे । तर, गभर्नर भएपछि अधिकारीले लिएका कतिपय नीतिहरुका कारण डा. खतिवडा रिसाएका थिए । उनले सार्वजनिक फोरमहरुमै अधिकारीले लिएको नीतिहरुको चर्को आलोचना गर्ने गरेका छन् ।  

उनलाई गभर्नर बनाउन सबैभन्दा बढी जोडबल गर्ने पूर्व अर्थमन्त्री डा. युवराज खतिवडासँग सम्बन्ध बिग्रिएको छ । गभर्नर अधिकारी डा. खतिवडालाई आफ्नो अभिभावक ठान्थे । तर, गभर्नर भएपछि अधिकारीले लिएका कतिपय नीतिहरुका कारण डा. खतिवडा रिसाएका थिए । उनले सार्वजनिक फोरमहरुमै अधिकारीले लिएको नीतिहरुको चर्को आलोचना गर्ने गरेका छन् ।  

गभर्नर अधिकारीलाई एमाले अध्यक्ष केपी ओलीसम्म जोड्ने काम गर्ने पात्र पनि डा. खतिवडा नै हुन् । डा. खतिवडाकै रिपोर्टिङका कारण पछिल्लो समय ओलीले समेत गभर्नर अधिकारीलाई मन पराउँदैनन् ।  

केन्द्रीय बैंक स्वायत्त निकाय भएका कारण एकपटक नियुक्त भइसकेको गभर्नरलाई सरकारले हटाउन सक्दैन । यही कानूनी बाध्यता र अप्ठ्यारोका कारण ओली लगायतका शीर्ष नेताहरु समेत गभर्नरमाथि एक्सन लिने अवस्थामा छैनन् । अधिकारीकै कारण एमालेको छवि केही बिग्रिएको र सेयर लगानीकर्तामा दलकै विषयमा नकारात्मक धारणा बनेको बुझेका एमालेका शीर्ष नेताहरु आउँदा दिनहरुमा अधिकारीलाई भूलेर पनि कुनै ठूलो अवसर दिनुहुन्न भन्ने निश्कर्षमा पुगेका बालकोटस्थित स्रोत बताउँछ ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.