मंगलवार, मंसिर ९,२०८२ 06:23:09
IME remit
  • मंगलवार, मंसिर ९,२०८२ 06:23:09
IME remit
Global IME Bank Limited

भक्तपुरमा मनाइयो एघारौं उद्योग दिवस

Hyundai Nepal
भक्तपुरमा मनाइयो एघारौं उद्योग दिवस
Shivam Cement

काठमाण्डौ । ‘औद्योगिक वातावरण सुधार, दिगो अर्थतन्त्रको आधार’ भन्ने नाराका साथ भक्तपुरमा मंगलबार एघारौं उद्योग दिवस मनाइएको छ ।

उद्योग दिवसको अवसरमा आयोजित कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिले युवाहरुलाई देशमै रोजगारी दिन सरकारले उद्योगधन्दाहरु स्थापनामा वृद्धि गर्न आवश्यक रहेको बताए । ‘देशमै उत्पादन गर्न सकिने धेरैजसो सामानहरु विदेशबाट आयात भइरहेको छ’, उनले भने, ‘बढ्दो आयातका कारण देशमा भएका उद्योगहरु विस्थापित भइरहेका छन् ।’

युवा, विद्यार्थीहरुको विदेश पलायनप्रति चिन्ता व्यक्त गर्दै नगर प्रमुख प्रजापतिले देश युवाविहीनको अवस्थामा र बौद्धिक जगतको खडेरी पर्ने अवस्थामा पुगेको बताए । ‘सरकार र सरकारमा गएका दलहरुका कारण स्वदेशमै आवश्यकताअनुसारको रोजगारी नपाउँदा युवाहरु विदेशिने क्रम बढेको हो’, उनले भने । गत साउनदेखि कात्तिकसम्ममा भएको विदेश व्यापार घाटाको उदाहरण प्रस्तुत गर्दै उनले देशको अर्थतन्त्रलाई मजबुत बनाउन देशमा उत्पादित वस्तुहरुको प्रयोगलाई बढावा दिनुपर्नेमा जोड दिए ।

CG Motors
New Office
Garima Development Bank

उनले भक्तपुर नगरपालिकाले आफ्नो क्षेत्रमा स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने काम गरिरहेको भन्दै सबैजसोलाई स्वरोजगार बनाउने उद्देश्यका साथ विभिन्न सीपमूलक, उद्यमशीलताका तालिमहरु सञ्चालन गर्दै आइरहेको जानकारी दिए । तालिमसँगै भक्तपुर नगरपालिकाले युवाहरुलाई उद्यमशीलता ऋण, विद्यार्थीहरुका लागि शैक्षिक ऋण पनि उपलब्ध गराउँदै आइरहेको उनले बताए ।  

उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरका कार्यालय प्रमुख रामप्रसाद कुस्माले दिगो विकास, रोजगार सिर्जना र सुदृढ अर्थतन्त्र बनाउन उद्योग क्षेत्रलाई विकास गर्दै औद्योगिकमैत्री वातावरण बनाउन आवश्यक रहेको स्पष्ट पारे । सरकारले उद्यमीहरुको मनोवल अभिवृद्धि गर्न, संरक्षण गर्न, लगानीमैत्री वातावरण तयार गर्न तथा स्वदेशी एवं स्थानीय उत्पादनको महत्व बारे जानकारी दिने उद्देश्यका साथ उद्योग दिवस मनाउँदै आइरहेको भन्दै उनले निजी क्षेत्र, स्थानीय तह एवं सबै सरोकारवालाहरुसँग सहकार्य गर्दै औद्योगिक वातावरण तयार गर्न उद्योग तथा वाणिज्य कार्यालय सदैव प्रयासरत रहने बताए ।

Laxmi Sunrise Bank Limited
Muktinath Bikas Bank Limited

भक्तपुर उद्योग वाणिज्य संघकी अध्यक्ष रोशनीमैयाँ धौबन्जाले उद्यमीहरुले उद्यम गर्ने क्रममा विभिन्न चुनौतीहरु सामना गरिरहेको भन्दै कतिपय उद्यमीहरु उद्योगधन्दा बन्द गरेर विस्थापित हुनुपरेको बताइन् ।  उनले विदेशमा उत्पादित भन्दा स्वदेशी उत्पादनको प्रयोगलाई वृद्धि गर्न आवश्यक रहेको भन्दै स्वेदशी उत्पादन बढाउन सरकारले सोहीअनुरुपको वातावरण तयार गर्नुपर्नेमा जोड दिइन् । देशमा उत्पादन वृद्धि भई आयातलाई प्रतिस्थापित गर्दै आत्मनिर्भर हुन सके देशको आर्थिक विकासमा मद्दत पुग्ने उनको भनाइ छ ।

कार्यक्रममा भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष श्यामसुन्दर श्रेष्ठ, भक्तपुर चेम्बर अफ कमर्शका अध्यक्ष कविदास श्रेष्ठले औद्योगिक वातावरण नबनेसम्म देशको अर्थतन्त्र सुदृढ हुन नसक्ने भन्दै औद्योगिक, व्यवसायिक वातावरण बनाउन सरकार तथा सम्बन्धित निकायले ध्यान दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा जिल्लाको सूयविनायक नगरपालिकास्थित जी.जे. पोल्ट्री प्रा.लि.का प्रोप्राइटर शिशिर किसी, मध्यपुर थिमी नगरपालिकास्थित न्यू महालक्ष्मी पाउँ उद्योगका प्रोप्राइटर रामसुन्दर द्यो श्रेष्ठ र भक्तपुर नगरपालिकास्थित गुण सेरामिक्स उद्योगकी प्रोप्राइटर गुणकेशरी अवाल प्रजापति सम्मानित भएका थिए । कार्यक्रमअघि भक्तपुर नगरपालिकाको दूधपाटीदेखि दत्तात्रयसम्म प्रभातफेरी गरिएको थियो ।

 

Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.