शनिबार, फाल्गुन ९,२०८२ 11:24:19
Bizshala
  • शनिबार, फाल्गुन ९,२०८२ 11:24:19
Bizshala
Global IME Bank Limited

दुई म्युचुअल फण्ड निष्कासनको अनुमति माग गर्दै बोर्डमा आवेदन

दुई म्युचुअल फण्ड निष्कासनको अनुमति माग गर्दै बोर्डमा आवेदन
Shivam Cement

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डमा दुई म्युचुअल फण्ड निष्कासनको अनुमति माग भएको छ । बोर्डमा म्युचुअल फण्ड निष्कासनको अनुमति माग गर्दै नेपाल लाइफ क्यापिटल र गरिमा क्यापिटलले आवेदन दिएका हुन् ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

नेपाल लाइफ इन्स्योरेन्सको सहायक कम्पनी नेपाल लाइफले १ अर्ब ६० करोड रुपैयाँबराबरको रु.१० अंकित दरका १६ करोड इकाई निष्कासनको अनुमति माग गरेको छ । कम्पनीले यसका लागि धितोपत्र बोर्डमा मंसिर ९ गते आवेदन दिएको छ । कम्पनीले जारी गर्ने म्युचुअल फण्डको नाम ‘नेपाल लाइफ समृद्धि लगानी योजना’ रहेको छ । यो बन्दमुखी योजना हो ।    

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

त्यस्तै, गरिमा क्यापिटलले पनि ‘गरिमा सुवर्ण योजना’नामक म्युचुअल फण्ड निष्कासनको अनुमति माग गर्दै कात्तिक २८ गते बोर्डमा आवेदन दिएको छ । कम्पनीले १ अर्ब रुपैयाँबराबरको रु.१० अंकित दरका १० करोड इकाई निष्कासनका लागि स्वीकृती माग गरेको छ । यो खुलामुखी योजना हो । 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.