ओली र लेखकविरूद्ध प्रहरीले लियो जाहेरी, बुझायो जाँचबुझ आयोगलाई
काठमाण्डौ । नेपाल प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध जेनजी आन्दोलनका घाइते परिवारले दिएको जाहेरी दर्ता गरेको छ । अघिल्लो दिन जेनजी आन्दोलनका अगुवा सुधन गुरुङसहितको टोलीले दिएको जाहेरी लिन नमानेको प्रहरीले आज भने जाहेरी दर्ता गर्न स्वीकार गरेको हो । प्रहरीले सुरक्षा प्रमुखहरूको छलफलपछि जाहेरी लिन मानेको हो ।