शनिबार, श्रावण ९,२०८३ 11:17:20
Bizshala
  • शनिबार, श्रावण ९,२०८३ 11:17:20
Bizshala
Global IME Bank Limited

प्रचण्डले असार २८ गते विश्वासको मत लिने, केपी ओली प्रधानमन्त्री बन्ने सम्भावना कम

प्रचण्डले असार २८ गते विश्वासको मत लिने, केपी ओली प्रधानमन्त्री बन्ने सम्भावना कम
New Office

काठमाण्डौ । राजीनामा नदिने हठ लिएर बसेका प्रधानमन्त्री पुष्पकमल दाहालले यही असार २८ गते विश्वासको मत लिने भएका छन् । 

प्रधानमन्त्रीको यो कदमसँगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने सम्भावनामाथि प्रश्न उठेको छ । 

आफू नेतृत्वको गठबन्धन सरकारको प्रमुख घटक नेकपा एमालेले नेपाली कांग्रेससँग मिलेर सरकार बनाउने निर्णय गरेपछि प्रचण्डले संसद फेस गर्न लागेका हुन् । उनलाई नेपाली कांग्रेस र एमालेले औपचारिक रुपमै राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेका थिए ।  

तर राजीनामा दिएर अगाडि बढ्दा केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त हुने अवस्था देखेपछि उनलाई रोक्ने योजनाअनुसार प्रचण्डले संसदमा विश्वासको मत लिने निर्णय गरेका हुन् ।  

प्रधानमन्त्री नियुक्तिसम्बन्धी संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्रीले अविश्वासको मत पाएको अवस्थामा राष्टपतिले संसदको सबैभन्दा ठूलो दलका नेताको नेतृत्वमा सरकार गठनको आह्वान गर्नसक्ने प्रावधान छ । यही बाटोमा मुलुकलाई हिँडाउन अल्पमतमा परिसकेपछि प्रचण्डले अन्तिम कार्ड प्रयोग गर्न चाहेका हुन् ।  

कांग्रेससँग सहमति गरेपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिई आफ्ना मन्त्रीहरुलाई समेत राजीनामा गर्न लगाइसकेको छ । समर्थन दिएको कुनै दलले समर्थन फिर्ता लिएको ३० दिनभित्रमा प्रधानमन्त्रीले पुनः विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । यही व्यवस्थाअनुसार प्रचण्डले असार २८ गते विश्वासको मत लिन लागेका हुन् ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.