बुधबार, माघ १४,२०८२ 06:46:25
Bizshala
  • बुधबार, माघ १४,२०८२ 06:46:25
Bizshala
Global IME Bank Limited
Bizshala

सरकार ढल्ने हल्ला फेरि निस्तेज, कांंग्रेसले भन्यो-'गठबन्धनमा समस्या छैन, पूरा समय टिक्छ'

सरकार ढल्ने हल्ला फेरि निस्तेज, कांंग्रेसले भन्यो-'गठबन्धनमा समस्या छैन, पूरा समय टिक्छ'
Shivam Cement

काठमाण्डौ । गठबन्धन सरकार ढल्ने चौतर्फी हल्लालाई चिर्दै संघीय संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले फेरि एकपल्ट आफ्नो पोजिसन स्पष्ट पारेको छ ।  

आज बिहान कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा डाकिएका पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुसँग ब्रिफिङ लिएपछि नेताहरुले गठबन्धन तलमाथि हुने अवस्था नरहेको र सरकारले हालै ल्याएका ५ अध्यादेशको विषय सल्लाह भएरै आएको प्रष्ट पारेका हुन् । 

Bizshala
Garima Development Bank
New Office

सभापति देउवा निवासमा आयोजित छलफलमा सहभागी महामन्त्री गगनकुमार थापाले सरकारले ल्याएको अध्यादेश कांग्रेससँग छलफल गरेर आएको विषय प्रष्ट्याएका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले जानकारी दिए । थापाको भनाई उद्धृत गर्दै उनले भने-'‘सरकारले ल्याएको अध्यादेश हामीसँग छलफल भएरै आएको हो । यसमा चर्चा परिचर्चा गर्न आवश्यक छैन ।’

कांग्रेस सभापति देउवा र महामन्त्री गगन थापाले विरोधीहरुले सरकार ढाल्न, नागरिकहरुको गठबन्धन सरकारप्रतिको विश्वासलाई कमजोर बनाउन र वातावरण धुमिल पार्न अनेकन आधारहीन हल्लाहरु फैलाएका भन्दै त्यसको सामना गरेर जनप्रिय काम गर्न मन्त्रीहरुलाई निर्देशन दिएका थिए ।  

शीर्ष नेताहरुबाट गठबन्धन बाहिर हल्ला गरिएजस्तो केही हुँदैन । गठबन्धन सरकार सहमतिअनुसारको पूरा अवधिभर नै जान्छ भन्ने कुरामा पुनः ढुक्क बनाउनुभयो । बैठकमा सहभागी एक राज्यमन्त्रीले भनेका छन् -' गठबन्धन भत्काएर तत्काल सरकार ढाल्ने वा ढलिहाल्छ भनेर पर्खिएर बसेकाहरुका लागि यो दुःखद खबर होला । तर, सरकार लामै समय टिक्छ भन्ने विषय आम सर्वसाधारणका लागि भने उत्साहको विषय हो । गठबन्धन लामै समय जाने देखियो ।'  

सो क्रममा सभापति देउवासँग केही मन्त्रीहरुले भने सोंचेजस्तो काम गर्न नसकिएको गुनासो गरेका थिए । प्रत्येक मन्त्रीले आफ्नो मन्त्रालयको प्रगतिविवरण सुनाउँदै कतिपय अवस्थामा बजेट पर्याप्त नहुँदाको पीडा भोग्नुपरेको गुनासो समेत पोखेका थिए ।

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

अर्थमन्त्री विष्णुप्रसाद पौडेल कृषि लगायतका मन्त्रालयहरुलाई बजेट भनेजति विनियोजन गर्ने विषयमा अनुदार देखिएका गुनासा समेत कतिपय मन्त्रीले छलफलका क्रममा गरेका थिए । 

मन्त्रीहरूले काम गर्ने जुन सोंचका साथ अघि बढे पनि अझै पनि यसमा समस्या रहेको ब्रिफिङ गरेका थिए । ओली नेतृत्वको सरकारमै बसेर पनि कसरी राम्रो काम गर्ने भन्ने विषयमा शीर्ष नेताहरुले पार्टीबाट मन्त्री बनेकाहरुलाई सुझाएका थिए ।  

केहीले प्रधानमन्त्री ओलीले आफूहरुले काम गर्दा अप्ठ्यारो पर्ने खालको असहयोग नगरेको समेत प्रष्ट पारेका थिए । कतिपय समयमा भने कहीँ न कहीँ समस्या देखिरहेकामा त्यसलाई शीर्ष नेताहरुले बसेर समाधान गर्नुपर्नेमा कतिपयले जोड दिएका थिए। 

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala
NEWS

युवराज सफल पक्राउ

13 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.