'भृकुटीमण्डपमा भेटौँला': गगनको चुनौतीपछि कांग्रेस दुई टुक्रा हुने सम्भावना, सहमतिको सम्भावना सकिँदै
काठमाण्डौ । नेपाली कांग्रेस अब औपचारिक रूपमै फूटको बाटोतर्फ अग्रसर भएको हो ? पछिल्ला घटनाक्रम हेर्दा यो प्रश्न स्वाभाविक रूपमा उठ्छ । पार्टीको १५औँ नियमित महाधिवेशनको कार्यतालिका बारम्बार परिवर्तन हुनु, विशेष महाधिवेशनको मागलाई लिएर गहिरो ध्रुवीकरण र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माले नियमित महाधिवेशन स्थगित गरेको घोषणाले कांग्रेसभित्रको संकटलाई नयाँ...

