काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिंगलाई बर्खास्त गर्ने सरकारको निर्णयको नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विरोध गरेका छन् ।
सत्ता साझेदार दल समेत रहेको नेपाली कांग्रेसका प्रभावशाली नेता समेत मानिएका महामन्त्रीले कुलमानलाई पदबाट हटाउन मन्त्रिपरिषदको सोमबार साँझको बैठकले निर्णय गरेको विषय बाहिरिएलगत्तै सामाजिक सञ्जालबाट आफ्नो असन्तुष्टि व्यक्त गरेका हुन् ।
'आम नागरिकमा असन्तुष्टि बढ्दो छ। त्यही असन्तुष्टिको तावामा स्वार्थको रोटी सेक्न उद्धत एउटा तप्का सलबलाइरहेको छ। यस्तो बेला सरकारको डेलिभरीबाट त्यो असन्तुष्टिलाई सम्बोधन गर्दै आगो नै निभाइदिऊ भनेर हामी दिनरात नभनी मेहनत गर्ने सरकार चाहि आफैँ असन्तुष्टिको आगोमा मट्टितेल हाल्ने काम गर्ने ?' प्रश्न गर्दै गगनले लेखेका छन्हा-'मीले यस्तो नगरौँ है भन्दा सुनेको जस्तो पनि गर्ने तर निर्णय फेरि यस्तो गलत गर्ने ? मन्त्रीहरूले बाटो बिराउँदा प्रधानमन्त्रीले समाल्नुपर्ने हो। तर विडम्बना त्यो भएन, निर्णय गलत छ,सरकार , उल्टो बाटो हिँडेर सही गन्तव्य पुगिँदैन।'

.gif) 
                (1).gif) 
                (2).gif) 
                .jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                 
                                        .jpg) 
                                        .jpg) 
                                        .jpg) 
                                         
                                         
                 
                 
                 
                 
                 
                 
                