शनिबार, श्रावण २,२०८३ 09:06:24
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 09:06:24
Bizshala
Global IME Bank Limited

सत्ता साझेदारीबाट बाहिरिने कांग्रेसको संकेत, गगन थापाले भने-'गठबन्धन सरकारको औचित्य सकियो'

सत्ता साझेदारीबाट बाहिरिने कांग्रेसको संकेत, गगन थापाले भने-'गठबन्धन सरकारको औचित्य सकियो'
New Office

काठमाण्डौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सोमबार काठमाण्डौमा भएको जेनजी आन्दोलनमाथि सरकारले प्रयोग गरेको व्यापक दमनप्रति कडा प्रतिक्रिया व्यक्त गर्दै गठबन्धन सरकारको औचित्य समाप्त भएको बताएका छन्। यो वक्तव्यले कांग्रेसले सत्तासाझेदारीबाट बाहिरिन सक्ने संकेत दिएको छ।

महामन्त्री थापाले भने, "जनतालाई सुशासनको प्रत्याभूति दिने उद्देश्यका लागि दुई ठूला दलले मिलेर बनाएको सरकारले त्यो काम गर्न नसकेको कारण यस गठबन्धनको सरकार रहिराख्नुको आवश्यकता छैन। कांग्रेसले यस विषयमा पुनर्विचार गर्नुपर्छ।"

सोमबार जेनजीहरूले सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरुद्ध आह्वान गरेको शान्तिपूर्ण आन्दोलनमा नयाँबानेश्वरमा भएको प्रहरीले गरेको दमनका क्रममा कम्तीमा १९ जनाको ज्यान गएको र थुप्रै घाइते भएका छन्। महामन्त्री थापाले यसको सबै जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने बताएका छन्।

थापाले आफ्नो वक्तव्यमा थपेका छन्, "आजका दिनमा युवा पुस्ता (Gen Z) ले उठाएका मुद्दा: सुशासन, भ्रष्टाचारको छानबिन, संलग्नलाई कारबाही:सार्वजनिक सरोकारका विषय हुन्। सरकारले आन्दोलन नियन्त्रणको नाममा गरेको हिंसात्मक दमन निन्दनीय र अक्षम्य छ। कुनै पनि कोणबाट यो जायज ठहर गर्न सकिन्न।"

महामन्त्रीले तत्काल भ्रष्टाचार नियन्त्रण, २०४६ सालपछिका सबै सार्वजनिक पदधारीको सम्पत्ति छानबिन, र उच्चस्तरीय आयोगमार्फत अनुसन्धान अघि बढाउनुपर्ने जोड दिएका छन्। साथै, सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध हटाई अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्नुपर्ने पनि उनले बताए।

थापाले शान्तिपूर्ण आन्दोलनलाई अवाञ्छित हिंसाबाट बचाउँदै संयम अपनाउन र संवादमार्फत अघि बढाउन सबैलाई आह्वान गर्दै भने, "यो आन्दोलन केवल वर्तमान सरकारको गलत कार्यको विरोध मात्र होइन, देशको सुशासन र पारदर्शिता कायम राख्नको लागि महत्त्वपूर्ण कदम हो।"

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.