शनिबार, असार १४,२०८२ 12:18:31
  • शनिबार, असार १४,२०८२ 12:18:31
Global IME Bank Limited

प्रधानमन्त्रीसँग गगन फायर: 'डूल्न घुम्न छाडेर युद्ध गतिमा काम गर्नुस्'

Hyundai Nepal
प्रधानमन्त्रीसँग गगन फायर: 'डूल्न घुम्न छाडेर युद्ध गतिमा काम गर्नुस्'
Nabil Bank Limited

काठमाण्डौ । प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पुनः प्रधानमन्त्री तथा मन्त्रीहरुको कार्यशैलीको आलोचना गरेका छन् ।  

रुपन्देहीको देवदहमा बुधबार आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै थापाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्रभावकारी काम गर्न नसकेको र प्रम तथा मन्त्रीहरु उद्घाटन, भाषणबाजी र डूल्ने-घुम्ने काममै व्यस्त भएका भन्दै आक्रोश पोखे । 

CG Motors
Muktinath Bikas Bank Limited

उनले सरकारको कामको गति सुस्त भएको भन्दै असन्तुष्टि पोखे । 'हामी भन्छौं सरकारलाई– तिमी युद्धको मनोविज्ञानले काम गर । १८ घण्टा काम गर, २० घण्टा काम गर ।' उनले भने-' उद्घाटनमा नजाऔ । कहीँ भाषण गर्न नजाऔ ।'  

प्रधानमन्त्री डूलघूममै व्यस्त भएको भन्दै उनले त्यसो नगर्न आग्रह गरे । 'प्रधानमन्त्री अहिले डुलेको देख्छु, मन्त्रीहरू घुमेको देख्छु, मेरो सम्मानपूर्वक उहाँहरूलाई अनुरोध छ, तपाईंहरू डुल्ने–घुम्ने काम बन्द गर्नुस् ।' उनले थपे-'तपाईंहरू राम्रो र प्रभावकारी काम गर्नुस् । तपाईले राम्रो काम गरे त्यसको प्रचारप्रसार हामी गर्छौ ।'

काठमाण्डौबाहिरका विभिन्न जिल्लाका कार्यक्रमहरुमा सहभागी भइरहेका महामन्त्री गगन थापाले दैनिकजसो सरकारको विरोध गरिरहेका छन् । एमालेसँगको सहकार्य घामजून रहेसम्म नरहने भन्दै गठबन्धनमा खटपटको उनले प्रष्ट संकेतहरु दिइरहेका छन्।  

तनहुँको एउटा कार्यक्रममा केही दिनअघि उनले गठबन्धनकै औचित्यमाथि नै प्रश्न गरेका थिए । सत्ता साझेदार दलले भनेको कुराहरु प्रधानमन्त्री ओलीले मान्न छाडेको र यस्तै रबैया रहे लामो समयसम्म सहकार्य नहुने समेत उनले चेतावनी दिएका थिए ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.