शनिबार, बैशाख ५,२०८३ 08:00:29
Bizshala
  • शनिबार, बैशाख ५,२०८३ 08:00:29
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

राजीनामाको नाटक कि रणनीति? कांग्रेसभित्र गगन–विश्वप्रकाशको नयाँ खेल

Bizshala
राजीनामाको नाटक कि रणनीति? कांग्रेसभित्र गगन–विश्वप्रकाशको नयाँ खेल
Shivam Cement

काठमाण्डौ । प्रतिनिधिसभा निर्वाचन–२०८२ अन्तर्गत फागुन २१ गते भएको चुनावमा अप्रत्याशित हार व्यहोरेपछि नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले उपसभापति विश्वप्रकाश शर्मामार्फत राजीनामा बुझाएको खबर बाहिरिएसँगै पार्टीभित्रको राजनीति थप तरंगित बनेको छ ।

उक्त विषयलाई औपचारिक रूपमा टुंग्याउन भन्दै शुक्रबार केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको छ । स्रोतका अनुसार सो बैठकमा थापा स्वयं उपस्थित नहुनेछन् भने बैठकको अध्यक्षता उपसभापति शर्माले गर्ने तयारी छ ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

बैठकमा शर्माले थापाको राजीनामाबारे औपचारिक जानकारी गराउँदै त्यसलाई अस्वीकार गर्ने प्रस्ताव समेत पेश गर्ने तयारी रहेको बताइएको छ । पार्टीभित्रको एक धारका अनुसार निर्वाचनमा भएको पराजय कुनै एक व्यक्तिको जिम्मेवारी मात्र नभई समग्र परिस्थितिको परिणाम भएको तर्क अघि सार्दै राजीनामा अस्वीकार गर्ने वातावरण बनाइएको छ ।

तर, घटनाक्रमलाई नजिकबाट नियालिरहेका नेताहरू र विश्लेषकहरू भने यसलाई ‘पूर्वनियोजित राजनीतिक रणनीति’को रूपमा हेर्न थालेका छन् । निर्वाचन परिणाम सार्वजनिक भएपछि काठमाडौंको एक होटलमा थापा र शर्मा बीच भएको भेटघाटलाई लिएर त्यतिबेलै राजीनामाको संकेत भएको चर्चा चलेको थियो ।

कतिपयको बुझाइमा, चुनावी हारपछि नैतिक जिम्मेवारी नलिएको भन्ने आलोचनाबाट बच्न थापाले राजीनामा दिएको सन्देश दिन खोजिएको हो । तर, अन्ततः केन्द्रीय कार्यसमितिबाटै उक्त राजीनामा अस्वीकार गराउने योजनाबद्ध अभ्यास भएको आशंका गरिएको छ ।

CG Motors
Garima Development Bank
IME remit

विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका थापाले त्यसपछिको केन्द्रीय कार्यसमितिमा आफू निकटका नेताहरूलाई प्राथमिकता दिएको आरोप समेत लाग्दै आएको छ । उक्त महाधिवेशनमा तत्कालीन सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता डा. शेखर कोइराला पक्षको असहमति रहेकाले वर्तमान कार्यसमिति संरचना नै थापामुखी रहेको दाबी गरिन्छ ।

यही संरचनाको आधारमा राजीनामा अस्वीकार गराएर आफूले नैतिक जिम्मेवारी लिएको देखाउने र नेतृत्वमा निरन्तरता कायम राख्ने ‘दुई धारको रणनीति’ अपनाइएको हुनसक्ने विश्लेषण पनि भइरहेको छ ।

यद्यपि, कांग्रेसका आधिकारिक स्रोतहरू भने यस्तो दाबीलाई अस्वीकार गर्दै निर्वाचन समीक्षा, प्राप्त प्रतिवेदन र समग्र राजनीतिक परिस्थितिको आधारमा निर्णय हुने बताउँदै आएका छन् ।

यसबीच, निर्वाचनपछि देशभरका क्षेत्रबाट संकलित प्रतिवेदनको साझा निष्कर्ष पनि बैठकमा प्रस्तुत गरिने र त्यसैको आधारमा आगामी कदम तय गरिने जनाइएको छ । अब केन्द्रीय कार्यसमितिको निर्णयले कांग्रेसभित्रको नेतृत्व बहसलाई कुन दिशामा लैजान्छ भन्नेमा चासो केन्द्रित भएको छ ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.