शनिबार, असार १४,२०८२ 03:47:23
  • शनिबार, असार १४,२०८२ 03:47:23
Global IME Bank Limited

प्रचण्ड सरकार ढलेमा को बन्ला अर्थमन्त्री ? विष्णु पौडेल कि गगन थापा ?

Hyundai Nepal
प्रचण्ड सरकार ढलेमा को बन्ला अर्थमन्त्री ? विष्णु पौडेल कि गगन थापा ?
Nabil Bank Limited

काठमाण्डौ । सत्ता समीकरणमा एकाएक फेरबेदल आउने प्रष्ट संकेतहरु देखिन थालेसँगै सम्भावित अर्थमन्त्रीको विषयमा समेत सेयर लगानीकर्तामाझ चर्चा हुन थालेको छ ।  

कांग्रेस र एमालेले गठबन्धनका लागि सहमति गरेर सरकार बनाएको खण्डमा को बन्ला त अर्थमन्त्री ? धेरैमा यो जिज्ञासा देखिएको छ ।  

राजनीतिक आकाशमा मडारिएका बादलहरुले गरेका संकेततर्फ हेर्दा कांग्रेस र एमालेबीच सत्ता सहकार्यदेखि संविधान संसोधनसम्मको मुद्दाहरुमा सहमति हुने सम्भावना बढ्दो छ । एक कांग्रेस नेताको दाबीलाई आधार मान्ने हो भने त्यस्तो सहमतिको खाका नै तयार गर्न थालिसकिएको छ । अब औपचारिक रुपमा वर्तमान सत्ता गठबन्धन ढल्न मात्र बाँकी हो । 

CG Motors
Muktinath Bikas Bank Limited

यो अवस्थामा पहिलो चरणमा कसको नेतृत्वमा सरकार बन्छ, त्यही आधारमा अर्थमन्त्री कसको भागमा पर्ने र कसले पाउने भन्ने विषयमा टुंगो लाग्ने देखिन्छ ।  

हालसम्मको अवस्था हेर्दा कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेरै प्रधानमन्त्रीको अफर गरिसकेका छन् । त्यसमा ओली समेत सकारात्मक छन् । देउवा र ओलीबीच आलोपालो सरकारको नेतृत्व गर्नेसम्मको सहमति बनिसकेका दाबीहरु बाहिर आएका छन् ।  

यदि कांगे्रस र एमालेबीच सहमति भएर सत्ता गठबन्धन फेरिएमा पहिलो चरणको सरकारको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् । प्रधानमन्त्री ओली भएको खण्डमा अर्थमन्त्रालय उनले कांग्रेसलाई दिने छैनन् । जसका कारण अर्थमन्त्री पनि ओलीकै कुनै विश्वासपात्र हुने सम्भावना हुन्छ ।  

अब बन्ने सरकारको मूल अजेण्डा सुस्त अर्थतन्त्रमा तीव्र सुधार गर्ने हुने भएकोले प्रधानमन्त्री पाउने दलले नै अर्थमन्त्रालय समेत पाउने देखिन्छ । ओली प्रधानमन्त्री बन्दा अर्थमन्त्रालय पनि एमालेकै भागमा जाने सम्भावना देखिन्छ । यस्तो भएको खण्डमा ओलीको दल एमालेबाट विष्णु पौडेल, सुरेन्द्र पाण्डे, डा. युवराज खतिवडा अर्थमन्त्रीको दाबेदारका रुपमा सिनमा आउन सक्छन् ।  

माथि उल्लेख गरिएका तीन नेतामध्ये ओलीको विशेष रोजाईमा भने विष्णु पौडल हुनेछन् । यसरी हेर्दा एमालेले सरकारको नेतृत्व गरेमा र उसकै भागमा अर्थमन्त्रालय परेमा सम्भावित अर्थमन्त्रीको रुपमा विष्णु पौडेलको पुनरागमन हुनेछ ।  

विष्णु पौडेललाई सेयर बजारले सधैं हरियो कार्पेट बिछ्याएर स्वागत गर्ने गर्छ । उनको नामले मात्रै पनि बढन्े सेयर बजारमा साच्चिकै अर्थमन्त्री उनी बने भने एकचरण बहार नै आउने सहज आँकलन गर्न सकिन्छ ।  

तर, यदि प्रधानमन्त्रीमा ओलीलाई अगाडि सारेर अर्थमन्त्रालयमा कांगे्रसको दाबी रहेको खण्डमा उपप्रधानसहित अर्थमन्त्रीको रुपमा कांग्रेसबाट देउवाका कुनै विश्वासपात्र जानसक्ने सम्भावना पनि रहन्छ । त्यसो भएको खण्डमा देउवाले पार्टीको भावी महाधिवेशन लगायतलाई विचार गरी रणनीतिक हिसाबले चाल चल्नसक्छन् । पछिल्लो समय देउवासँग निकट बनेका महामन्त्री गगन थापा उपप्रधानसहित अर्थमन्त्रीको रुपमा कांग्रेसबाट सरकारमा नेतृत्व गर्ने हिसाबले सहभागी हुनसक्ने सम्भावना पनि हुनसक्छ ।  

कांग्रेसले अर्थमन्त्री पाएको खण्डमा देउवाका विश्वासपात्र ज्ञानेन्द्रबहादुर कार्कीको सम्भावनालाई पनि नकार्न सकिन्न । पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतको पुनरागमनको सम्भावनालाई पनि कम आँक्न मिल्दैन ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.